बेलौरीको रिछहा गाउँ स्थित राधाकृष्ण मन्दिरको दान दाताहरुको नाम लिखित सिलालेख अनावरण कार्यक्रम सम्पन्न

१९ भाद्र २०८०, मंगलवार

बेलौरी / कञ्चनपुरको बेलौरी नगरपालिका–६ को रिछहा गाउँ स्थित श्री राधाकृष्ण मन्दिरमा दान दाताहरुको नाम लिखित सिलालेख अनावरण कार्यक्रम आज सम्पन्न भएको छ ।


सिलालेख अनावरण कार्यक्रमका बिशिष्ट अतिथि रिछहा गाउँका पधना सुकदेव रानाले श्री राधाकृष्ण मन्दिरको स्थापना तथा सुरुवाती विकासको बारेमा प्रष्ट पार्दै, गाउँका सम्पुर्ण समुदायका मिलेर मन्दिरको संरक्षण तथा सम्बद्र्घन गर्नु पर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरप्रमुख पोतीलाल चौधरीले मन्दिरको लागि आवश्यक राधाकृष्णको मुर्ति बनाउन लाग्ने आर्थिक व्यवस्था मिलाउने तथा त्यसको लागि गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्घता जनाउनु भयो ।
श्री राधा कृष्ण मन्दिर समिति द्वारा आयोजित उक्त कार्यक्रममा २०७९ सालमा मन्दिर निर्माण हेतु सम्पन्न श्रीमदभागवत ज्ञान महायज्ञमा भएको आय तथा व्यय मन्दिर समितिका पुर्व अध्यक्ष सन्तोष चौधरीले सार्वजनिक गर्नुभएको थियो । श्रीमदभागवतमा जम्मा रु.६,४३,२७४÷– वाचा सहित नगद सङ्कलन भएको थियो भने रु.४,५१,३१९÷– सङ्कलन भएको थियो । मन्दिर ममत तथा कचेहरी भवन निर्माणमा जम्मा रु.३,८९,९१६÷– खर्च भएको थियो भने रु.६१,४०३÷– बचत रहेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio