सवै सामुदायले आप्नो भाषा संस्कृति संरक्षणमा जोडदिदै, धनगढी उपप्रमुख राना

२६ श्रावण २०८०, शुक्रबार
सवै सामुदायले आप्नो भाषा संस्कृति संरक्षणमा जोडदिदै, धनगढी उपप्रमुख राना

दिनेश राना, धनगढी ।

कैलालीको धनगढी उपमहानगर पालिका वडा नं.११ घोडसुवा गाउँमा तिज मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । वडा स्तरिय तिज मिलन कार्यक्रम २०८० राममिता रानाको संयोजकत्वमा भएको भने प्रमुख अतिथी धनगढी उपमहानगर पालिकाकी उपप्रमुख कन्दकला राना रहनु भएको थियो ।

वहाँले हरेक जाति सामुदायले आपनो भाषा संस्कृतिको संरक्षण तथा संबद्घन गर्नमा लागिपरेका छन भने धनगढी उपमहानगर पालिकाले पनि वहाँहरुको साथ सहयोग गर्नमा तयार रहेको बताई राना । हामी नगर प्रमुख भएर आए पछि रानाथारुको तिज पर्व, चौधरी थारुको गुरही पर्व, पहडिहरुको गौरा पर्व लगायत पर्वहरुमा विदा दिएका छौ ।

यसको साथै धनगढी महानगर पालिकाले यस वर्ष महिलाहरुलाई स्वालम्बि बनाउनका लागि विभिन्न तालिमा बजेट विनियोजन गरेका छौ यति मात्र कहाँ हो र ? हामीले कुलतमा फसेका युवाहरुका लागि कार्यक्रम ल्याएका छौ र वर्षको बेला घरमा सर्पको विग विगले गर्दा वर्षेनि कयौले ज्यान गुमाउनु परेको थियो त्यसलाई व्यवस्थापनका लागि नगर प्रहरीहरु लाई सर्प समात्ने तालिम दिएर खटाएका छौ भनेर जानकारी दिइर्न उपप्रमुख राना साथौ भदौं २ गते पर्न गएको रानाथारु तिज पर्वको हार्दिक शुभकामना दिनुभएको छ ।


त्यसैगरी कार्यक्रममा नेपाल रानाथारु समाज केन्द्रिय महासचिब भक्तराज राना, धनगढी उपमहानगर पालिका वडा नं. ११ का वडा अध्यक्ष रुप कुवर लगायतले शुभकामना मनतव्य दिनुभएको थियो । महलिा दिदीवहिनि हरुले गित गायर अतिथीहरुलाई स्वागत गरेकी थिइन । कार्यक्रममा रानाथारु कलाकारहरुको पनि विजोड प्रस्तुति रहेको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio