शुक्रराज राना/ बेलाैरी, १६ पुस ।
बेलौरी बजारको तौला राना चाेक देखि रिछहाको राधाकृष्ण मन्दिर सम्म बाटो लामो समयदेखि पिच नभएको र रोकिएका बिकास निर्माणका कार्य तथा मर्मत गर्नुपर्ने कार्य पुरा नगरिदिँदा बेलौरी ४ र ६ का स्थानीय युवाहरु सरकार तथा सरकारी ठेकेदारहरु प्रति आपत्ति जनाउँदै आज विकास र समृद्धिका लागि सकृय युवा अभियान नाराका साथ सुचनात्मक कार्यक्रम अगाडी बढाएका छन् ।
त्यहाँका स्थानीय सकृय युवा समाजसेवी सन्तोष चौधरीकाे अगुवाइमा प्रभु रानाको संयाेजकत्वमा गठित समितिका सम्पुर्ण सकृय युवाहरू र गाउँटाेलबासी द्वारा आज शान्त तथा मौनतापुर्ण रुपले सरकार तथा ठेकेदारलाई चुनौती दिएका छन् ।पम्पलेटमा बिभिन्न प्रश्नहरु देखाएर मौनरुपमा चुनौती दिदै यथासिघ्र बाटो निर्माण तथा खानेपानी मर्मत सम्भारका कार्य सञ्चालन नगरे सशक्त अन्दोलन गर्ने सन्तोष चौधरीले बताएका छन् ।

यस अघि यहाँका स्थानीयले वडा कार्यालय, नगरपालिकाको कार्यालय तथा सम्बन्धित निकायमा पटक पटक अनुरोध गर्दा पनि अहिलेसम्म कुनै निकायले केही नगरिदिदा आजित भएर उक्त कार्यक्रम अगाडी बढाएका स्थानीय समाजसेवी प्रभु रानाले बताएका छन् ।
