‘जित्ने आधार तय गरेका छौँ,धनगढी उपमहानगरलाई अत्मनिर्भर बनाउँछौँ’

१७ बैशाख २०७९, शनिबार
‘जित्ने आधार तय गरेका छौँ,धनगढी उपमहानगरलाई अत्मनिर्भर बनाउँछौँ’

धनगढी,१७ बैशाख २०७९ । नेकपा एमालेको तर्फबाट आसन्न बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले आफुहरुले जित्ने आधार तय गरेको बताएका छन् । मतदाताहरु सँग घरदैलो कार्यक्रम मार्फत आफुहरुले जित्ने आधार तय गरिसकेको र धनगढी उपमहानगरपालिकालाई आत्मनिर्भर बनाएरै छाड्ने प्रतिबद्धता जनाए।

वडा न. १४,१८ र १९ का मतदाता उपस्थित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवारहरुले धनगढी उपमहानगरपालिकालाई काङ्ग्रेसले आफ्नो पार्टीको भर्ती केन्द्र बनाएको आरोप लगाए। काङ्ग्रेसले विगत पाँच बर्षमा आफ्ना कार्यकर्तालाई मात्रै प्राथमिकतामा राखेर योजना बाड्यो,तर आफुहरुले जितेपछि नगरका आम जनतालाई समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे।

धनगढीमा व्याप्त डुबान समास्यालाई उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए। नगरका जनतालाई स्वास्थ्य,शिक्षाको ग्यारेन्टी गर्नुका साथै रोजगारीका लागि औद्योगिक ग्रामहरुको स्थापना गरि स्वदेशमै नगरका दाजुभाइहरुलाई रोजगार बनाउन प्रयत्न गर्ने जनाए।

पार्टी अध्यक्ष ओलीले ल्याएका भिजन अनुरुप नै देश अघि बढिरहेकाले एमालेको नीति र सिद्धान्तलाई आत्मसाथ गर्दै जनताको सर्वोपरी हितमा ध्यान दिने उनिहरुको प्रतिबद्धता छ। एमालेको स्पष्ट देश विकासको नीति र जनताप्रतिको बफादारिताले आफुहरुको जित सुनिश्चित भएको उनिहरुले दावी गरे।

एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रण बहादुर चन्द र उपमेयरमा कन्दकला राना थारु उम्मेदवारको रुपमा छन् ।रासस

Wedding Story advertisement Of Jems Movies & Photo Studio