धनगढी,२३ चैत ।
सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले खख्डेहरा पर्वको सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले यो बिदा गत देखि दिन थालेको हो । नेपाल खखडेहरा पर्वको बिदा दिएर रानाथारु समुदाय प्रति देखाएको सदभावले रानाथारू समुदाय सरकार प्रति अभार प्रकट गर्दछाै । रानाथारु समुदायमा उल्लासपुर्वक खख्डेहरा पर्व धूमधामसँग मनाउने गर्दछन । यो पर्व रानाथारु समुदायले मात्रै मनाउने खखडेहरा पर्व हो । यहाँका अगुवाहरूले भन्छन कि यो पर्वलाइ अन्य जाति समुदायमा चिन्हाउनु पर्ने बताउछन जसरी हामीहरूले दशै पर्व मन्दैनै तर दशै त मनाउने गर्दछाै । त्यसैगरी हामीहरूले यो पर्वको बारेम जानकारी दियो भने हवहाँहरूले पनि मान्छन। सुदुरपश्चिम कैलाली र कञ्चनपुर जिल्लाका मात्र नभएर भारतको उत्तर प्रदेश तथा उत्तराखण्डका रानाथारूहरूले पनि यो पर्व मनाउने गर्दछन । रानाथारुहरुको मौलिक पर्व खख्डेहराको बारेमा धेरैलाइ जानकारी नहुन सक्छ बताइन बेलाैरी ५ भकुन्डा गाउँकि जानमति रानाले ।
धनगढी उपमहानगर पालिका वडा नं. ११ बेला गाउँका स्थानिय ब्यक्ती पहिलाद रानाका भनाइ अनुसासर खख्डेहरा पर्व किन मनाउँछन ? रानाथारु समुदाय भिन्नै तरिकाले मनाउँछ होरी (होली) पर्व । होरी यस समुदायको लागि सबै भन्दा ठूलो पर्व हो । रानाथारु समुदायले ३८ दिनहोरी मनाउने गर्छन् । माघको पूर्णिमाका दिन होरी राखिन्छ र त्यसै दिन देखि होरी सुरु हुन्छ । माघको पूर्णिमा देखि फागु पूर्णिमा सम्म गरी एक महिना जिन्दा (जिउँदा) होरी जुन रातमा मात्र खेलिन्छ । फागुनको पुर्णिमा होरीमा आगो लगाउने गरिन्छ । होरीमा आगो लगाएको अर्कोदिनलाई टिका भनिन्छ । टिकाका दिनगाउँ भरिका मानिसले होरी जलेर भएको खरानी को टिका लगाउँछन् । यसरी टिका लगाउँदा सुस्वास्थ्य हुने । रोगनलाग्ने तथा दिर्घायु हुने जन विश्वास छ । टिकाको दिन देखि ८ दिन सम्म मरी होरी (मरेको होरी) खेल्छन् । मरी होरी रातमा र दिनमा पनि खेल्न पाईन्छ बातए राना जी
टिकाको आठौँ दिन नै खख्डेहरा हो । खख्डेहरा भनेको होरीको बिदाईको दिनका रुपमा पनि लिइन्छ । खख्डेहराका दिन बिहानै उठेर गाउँ भरीका (हरेक घरबाट एक एक जना) मान्छे खख्डेहरा फुटाउन जाने गर्दछन । खख्डेहरा फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा, सतनजा ९सातअन्न०, शुद्ध पानी, कन्डी (सुकेको गोबर) आदी चाहिन्छ ।घर घरबाट एका बिहानै खप्टोमा (माटोको भाँडोमा) सुइरो गाँसिएका मट्याँग्रा बोक्दै आबओ रिउ लुली लंगडी, कानी खुत्री, रोगधोग, भूत ब्यार भन्दै घर घरबाट खख्डेहरा लगेर जाने चलन छ । खख्डेहरा गाउँभन्दा बाहिर गाउँलेले ल्याएको सामग्री एक जुट पारी गाउँकाे प्रधान वा चाकर (गाउँको चौकीदार)ले फुटाउने चलन छ । खख्डेहरा फुटाइ सके पछि घर आइन्छ र आउने बेलामा खख्डेहरालाई फर्केर नहेर्ने चलन छ । फर्केर हेर्दा दानव (राक्षस) देखिन्छ भनेर रानाथारु पूर्खाको भनाई छ । खख्डेहरा फुटाएर आउनेहरु फेरि होलीमा जलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, पधना, अगुवा लगायत सबैको घर घरमा पुगी सबैलाइ सो खरानीको टिका लगाई आशिर्बाद दिँदै खुसियाली मनाउने गर्छन र गाउँका प्रतिष्ठित व्यक्तिबाट दक्षिणा पनि उठाउने गर्छन साथै सो दिन गाउँभरिका मान्छेले आफ्नो खेतिपाती, गोरु गाडा समेत बन्द गर्नुपर्ने चलन छ, कसैले अटेर गरि गोरु गाडा चलाएमा डण्ड (जरिवाना) गर्ने चलन रहिआएको छ ।
वहाँले भने सदियौँ देखि तराईका जंगलको छेउछाउ गाउँमा बस्दै आइरहेका रानाथारु भूत पिचास, दरिद्र, महामारी जस्ता निकै ठुला बिपत्तिसँग जुद्धै आइरहँदा होरी नाचमा सबै महिनौँ रमाउँदा काममा बाधा का साथै थुप्रै समाजिक समस्या, रोग दरिद्र, भूत पिचास, स्वास्थ्य लगायत सबै क्षेत्रमा स
मस्या निस्तेज गर्न सामुहिक रुपमा खख्डेहरा फुटाउने चलन छ । खख्डेहरा सबै समस्या(भूतप्रेत)को प्रतिक पनि हो जो गाऊँ भन्दा बाहिर÷जंगल गएर आजकै दिन फुटाउने÷कुट्ने गरिन्छ ।
तराई क्षेत्रमा गर्मी बढे सँगै महामारी, मलेरिया, प्रकोप बढ्ने समय सुरु भएकाले ति प्रकोपहरु नआउन भनेर सामुहिक रुपमा आदिवासी रानाथारुहरुले खख्डेहराको नाममा ति सबै समस्यालाई कूटेर फुटाइ गाउँमा मनोबल बढ्ने हुँदा भूतपिचास रहित सुखि समाजको लागि खख्डेहरा पर्वको प्रचलन भएको रानाथारु जानकारहरु बताउँछन ।