कञ्चनपुर,७ भादाैँ ।
लालझाडि गाउ पालिका वडा नं. १ विनवारी गाउको हो । सोहि गाउ बस्ने भलमन्सा गंगाराम रानाको भनाइ अनुसार करिव ५,७ सय बर्ष अगाडिको कुरा हो जतिबेला विस्तारै बस्ती बक्लीदै गइरहेको थियो । त्यतिबेला हाम्रो परिवार हालको गोदावरी नगर पालिकाको सेहरी गाउको उत्तर खुटिया नदिको किनारमा बरगदे गाउमा बसेका थियो जुन ठाउमा अहिले राधास्वामीको सतसंग घर रहेको छ ।
त्यहाँबाट हामीहरु हालको धनगढी उपमहानरगर पालिका वडा नं. ४ उत्तरबेहडीमा बस्यौ त्यहाँ पनि बस्न नसकेर हाम्रो परिवार लगायत दुइपरिवार ( पहिलो परिवार नङगा राना , मंगा राना गरी दुइभाई र दोस्रो परिवार भल्ली महातौ, सिता महता गरी दुइभाइको परिवार) राम्रो ठाउको खोजीमा यस ठाउमा हेर्न आउनु भयो बताए ।
शुरुमा यस ठाउमा ठुलो तालउ थियो र तालको वरीपरि वेँधुको ठुलो जंगल थियो । यो ठाउको वरीपरी कुनै बस्ती बसेको थिएन । यहाँ सम्म कि जुन हामी ठुलो दोदा नदि हेरी रहेका छौ त्यती बेला यो दोदा नदि थिएन र धेरै पछि यो नदिको उत्पति भएको थियो ।
शुरुमा यो नदि कंज गाउको सिधा दक्षिण हुदै अहिलेको भकुन्डा गाउको पश्ञ्चिम भएर बगदै थियो । जब हाम्रा पुर्खाहरु यस ठाउ हेर्न आउदा यहाँ धेरै टाढा सम्म कुनै गाउ थिएन । यो ठाउमा गाउ बसलनका लागि हाम्रा पुर्खाहरु यस ठाउमा आएका हुन तर यस ठाउको एउटा सत्यता के थियो भने यो ठाउमा कैसेले बस्न नसक्नुको पछाडि यहाँ गाउको पधना भयो कि उसको मृत्यु हुने गर्दा थियो ।
यो कुरा पछि बाट थाह पएपछि अब के गर्ने भन्ने भनेर हाम्रा पुर्खाहरुले ढुङ्खाको पधना बनायौ तर त्यो ढुङ्खाको पधना पनि फुटयो रे । त्यसो भए पछि अब हाम्रो परिवारमा ठुलो चिन्ता पैदा भयो त्यही क्रममा फेरी पनि दुइ परिवार विच सल्लाहा भयो कि अब काठको पधना बनाएर हेरौ भन्दा ,
वहाँहरुले खैरको काठ काटेर राम्रो बनाएर पधना बनाउदा त्यो पनि आधा फाटेपछि झन ठुलो चिन्ता पैदा गर्यो तर पनि हाम्रो परिवारले हार नामनेर गुरुवाहरु संग सरसल्लाहा गर्दा मान्छेलाई नै पधना मन्नु पर्छ भने पछि अब के गर्ने भने ,
र उनीहरु त्यस्तो परिवार खोज्न थाले र अन्तः हाल भारतको चन्दनचौकी नजिकको खटौली गाउबाट एक जना गरिव परिवार लाई ल्याएर आए । उनी गुरुवा पनि थिए र उनीले भने म मात्र यस ठाउको पधना बन्दैन यदी यो ठाउमा गाउ बसाउने हो भने ढुङ्खलाई पधाना बनाउनु पर्छ र म पनि पधना बन्छु भने पछि सबैले हुन्छ भने ।
त्यसपछि यो गाउको पधना भनेको दुइटा भए यसरी यो गाउ बसालेको हो त्यतिवेलादेखी हालसम्म यस ठाउमा हाम्रो परिवारको म लगायत सातौ पिढीँ गुज्री सकेको बताए ।
म भनेको पँर्चाै पिढीको हु मेर पुर्खा नङ्गा राना , मंगा रान दुइभाइ , त्यसपछि टंगी राना , भंगी राना पनि दुइ भाइ त्यस पछि भिखारी राना , जुगिया राना दुई भाई त्यस पछि बहोरा राना , हरी राना र कड्डा राना गरी तिन भाइ थिए । त्यस पछि हामी १० भाइ भयौ नारद , बालकिसन , भमानी , दिवानी , ज्योती , गंगाराम , अजब सिं,मैलासिं,दैला सिं , सुब्बा र महतीय राना थियौ भनेर बताए ।
त्यसपछि दोदा नदि यता फर्किने वेलामा (भकुन्डको अगाडि भएर) यो ठाउमा एक पटक ठुृलो बढी आयो यो ठाउ छिनभिन्न भयो बताए । उनले भने यो तालमा धेरै धन थियो । यो तालमा गोरी जातको जनावर बस्थे र उनीहरु पैसाको दिसा गर्थे ।
एक पटक त हामी केटा केटीहरु होरी खेलेर घर आउदै गर्दा हामीले कुवामा गोरी देख्यो र त्यसलाई बाहिर निकालका लागि ठुलो कराइ ल्यायौ त्यसमा डोरीले बाँध्यौ त्यसलाई कुवामा हाल्यौ र गोरीलाई त्यसमा बसल्यौ तर अलि माथि आएपछि गोरी त्यसबाट हामफालेर कुवा भित्र हराइन भनेर बताए । गोरीहरु तोरी , गहँु बढी मन पराउथिइन पनि बताए ।
जब दोदा नदिले यताबाट बग्ना थालेपछि तालमा भएको सबै सम्पति बगाएर लग्यो यहाँसम्म कि हामीले बस्ने घर समेत बगाएर लग्यो त्यसपछि त्यहाँबाट सब परिवार भागे । हामी यता जंगलतिर बस्न थल्यौ भने कोही नजिको गाउमा वा नयाँ वस्ती बसाल्दै गए । यहाँवाट उठेर भकुन्डा गाउ , परसिया गाउँ , पुरैना गाउ लगायत नयाँ गाउ बसे भनेर बताए ।
एक अर्को घटना पनि यो गाउसंग जोडिएको छ । बिधबारो गाउ त्यतिबेला बाटो थियो जति बेला द्वावापर युगमा श्रीकृष्ण भगवान , बलरामहरुले यो बाटो भएर गाइ चराउन जान्थे भनाइ छ । यो कुरा युग परिवर्तनको कुरासंग जोडिएको छ ।
भनिन्छ जतिबेला द्वावापर युगको समाप्ती र कलीयुगको प्रराम्भमा त्यतिबेला श्रीकृष्ण लगाएत ग्वालाहरु यसै बाटो भएर आफनो घर जाने क्रममा उनीहरुसंग गाईहरु पनि थिए । युग परिवर्तन संगै उनीहरुका गाईगोरु पनि परिवर्तन भएको बताए त्यहीको फलस्वारुप यो गोरुको मुर्ति हो । त्यहाँका स्थानिय व्यक्तिहरुको भनाइ अनुसार यो ढुंगाको मुर्ति श्री कृष्णभगवानको गोरु हो भन्ने जनविश्वास रहेको बताए । भिडियाे हेर्नका लागि तलकाे लिङमा क्लिक गर्नुहाेस