धनगढी । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
सदरमुकामबाट अजयमेरु–२, चमडा जाँदै गरेको जीप उग्रतारा–मेलौली सडकखण्डको जिरो प्वाइन्टमा दुर्घटनामा परेको हो।
चालकका अनुसार गाडीको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। घाइते दुवै जनाको अवस्था सामान्य रहेको र डडेलधुरा अस्पताल मा उपचार भइरहेको छ।







