रानाथारूले २०८२ मा कुन पर्व कहिले मनाउने

५ चैत्र २०८१, बुधबार
रानाथारूले २०८२ मा कुन पर्व कहिले मनाउने

धनगढी । हरेक वर्ष विवाद जसो बनि रहने रानाथारुको चाडपर्व कुन पर्व कहिले मनाउने भन्ने कुरामा एक रुपता नदेखिएकोले नेपाल रानाथारु समाज केन्द्रिय समितिले पाँच सदसिय रानाथारु पञ्चाङ्ग समिति गठन गरेको छ । वि.स. २०८२ मा कुन पर्व कहिले मनाउने भन्ने विषयमा महासचिब तिर्थ राज रानाको संयोजकत्वमा पाँच सदसिय रानाथारु पञ्चाङ्ग निर्णायक समिति गठन गरको छ ।

समितिका सदस्यहरुले तोयानाथको पात्रोलाई अधार बनाई रानाथारु ले मनाउने पर्वको बारेमा अध्यन गरि सुझाव संकलन गर्ने र साेहि अनुसार वि.स. २०८२सालकाे क्यालेण्डर निर्माण गरिने छ भनेर संयोजक रानाले जानकारी दिए । विगतमा पनि हामीहरुले अभ्यास गरेका थियौ यसका लागि हामीहरुले चाडपर्वलाई दुई भागमा वाँडेका छौ एउटा राष्ट्रिय पर्व र अर्को मौलिक पर्व को रुपमा आधार तय गरेका छौ ।

राष्ट्रिय पर्वहरु ( होरी, दिवारी, कृष्णजन्म अष्टमी, रक्षाबन्धन) राष्ट्रिय क्यालेण्डरमा तोकिए अनुसार मनाउने र मौलिक (खख्डेहरा, चराँइ, तिज, बिनाइतवार, खिच, जस्ता) पर्वहरु बार तथा तिथी अनुसार मनाउने निर्णय गरेकाछौ भनेर जानकारी दिए । रानाथारु पञ्चाङ्ग समितिमा सागर राना, भंगि भगत राना, वहाली राना र वासमति रानालाई सदस्य पदमा नियुक्त गरेको छ ।

वहाँहरुलाई नियुक्ति पत्र दिदै अध्यक्ष कमल सिह रानाले भने सुदुरपश्मि प्रदेश सरकारलाई वि.सं. २०८२ सालको खख्डेहरा पर्वको विदाको बारेमा सिफारिस गर्ने काम पनि यसै समितिले गर्ने गनेछ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio