धनगढी । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (ईस्कोन नेपाल) धनगढी शाखाले श्री कृष्ण जन्माष्टमी महामहोत्सव सञ्चालन गर्ने भएको छ ।

सोमबार धनगढी स्थित सौराई स्क्वायरमा ऐतिहासिक श्री कृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रमको आयोजना गरिने ईस्कोन धनगढीका सचिव शुकदेव गोस्वामी दासले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रमको मूल समारोह भाद्र १० गते दिउँसो २ बजे देखि हुनेछ । त्यस्तै रातिको १२ बजेसम्म भजन कीर्तन, लीला प्रवचन, नाटक, नृत्य, दीपदान, महाअभिषेक र सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन् ।ईस्कोन धनगढीले सुदूरपश्चिममा विभिन्न वैदिक संस्कृति तथा परम्परा को संरक्षण हेतु विभिन्न उत्सव,पर्व तथ दैनिक रूपमा आध्यात्मिक कार्यक्रमहरू गर्दै आइरहेको छ ।

श्रीकृष्ण जन्माष्टमी जस्ता पर्वहरू मनाउनु धर्म संस्कार तथा संस्कृतिको रक्षा गर्नु मात्र नभएर समाजमा सकारात्मक परिवर्तन तथा युवाहरूलाई विकृति विसङ्गतिबाट बचाइ सही मार्ग निर्देशनले समग्र देश विकासको महत्त्वपूर्ण कोशे ढुङ्गा बन्ने उद्देश्यले धार्मिक उत्सव आयोजना गरीएको उहाँको भनाई छ ।







