नरेश राना/ कञ्चनपुर कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ मा रहेको भृकुटी इंग्लिश बोर्डिङ स्कूल को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कार्यक्रम मा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शान्ति राना को अध्यक्षमा सम्पन्न भएको थियो,भने प्रमुख अतिथि पूर्व खानेपानी मन्त्री बिना मगर रहनु भएको थियो ,विशिष्ठ अतिथि बेलौरी नगरपालिका का नगर प्रमुख पोतीलाल चौधरी, लालझाडी गाउँपालिका पूर्व अध्यक्ष मदन सेन बड़ायक,वार्ड नं ४ का वार्ड अध्यक्ष बहादुर राना उदय मा,वि,का प्र. आ .बम्मन् राना रहनु भएको थियो।कार्यक्रम मा प्रमुख अतिथि ले यस लालझाडी गाउँपालिका मा शिक्षा,

स्वस्थ,बाटोघाटो,खानेपानी,रोजगार को विकास लाई निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।त्यस्तै यम. डी. भक्त राना ले अभिभावक संग सल्लाह गरेर यो विद्यालय लाई यो पालिका कै नमूना विद्यालय बनाउने बताउनु भएको थियो।कार्यक्रम लाई विद्यालय की प्र. आ.राजमति राना ले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रम मा पूर्व विद्यार्थी लाई दोसल्ला उडाएर सम्मान गरेका थियो।

कार्यक्रम मा अभिभावक,विद्यार्थी,पूर्व विद्यार्थी ,समाजसेवी,हरु को उपस्थिति रहेको थियो।कार्यक्रम लाई विद्यालय का शिक्षक टेकेन्द्र प्रसाद भट्ट ले सञ्चालन गर्नु भएको थियो।