रानाथारु समाज बेलौरीको बधाइ एवम् धन्यवाद कार्यक्रम सम्पन्न

२ फाल्गुन २०७६, शुक्रबार
रानाथारु समाज बेलौरीको बधाइ एवम् धन्यवाद कार्यक्रम सम्पन्न

बेलौरी कञ्चनपुर, फागुन २ –

नेपाल रानाथारु समाज बेलौरीको स्वागत, बधाई एवम् धन्यवाद कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार रानाथारु समाज बेलौरीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकारले यही माघ २० गते मन्त्रीपरिषदको बैठकबाट रानाथारु समुदायलाई आदिवासी जनजातिको सुचीमा सुचीकृत गरेसंगै रानाथारु समाज बेलौरीले सो कार्यक्रमको आयोजना गरी खुसि व्यक्त गरेको छ । “सँस्कृति बचामै कुरिति हटामै, रानाथारु समाजके निर्झल बनामै” भन्ने मूल नाराका साथ बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष नन्द कुमार रानाको सभाध्यक्षता रहेको थियो भने संविधान सभा सदस्य कृपाराम रानाको प्रमुख आतिथ्य रहेको थियो ।  त्यसैगरी, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उप प्रमुख चित्र कुमारी चौधरी, नेकपा प्रदेश कमिटि सदस्य अमर चौधरी लगायतको विशिष्ट आतिथ्य रहेको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले नेकपा नेतृत्वको सरकारले राना समुदायको पहिचानलाई सुचीकरण गरिदिएको बताए । ‘हामीले राना समुदायको माग सडकदेखि सदनसम्म पु¥याएका थियौँ, ‘उनले भने, ‘यसकै बाबजुत आज राना समुदायलाई सरकारले छुट्टै आदिवासी समुदायमा सुचिकृत गरेको छ ।’ रानाथारुहरुको वर्षौँदेखिको सपना पूरा भएको बताउँदै उनले पञ्चायतदेखि गणतन्त्रसम्म आईपुग्दा राना समुदायले उठाउँदै आएको माग संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगेर सम्बोधन भएको भन्दै रानाथारु समुदायप्रति बधाई ज्ञापन गरे । साथै उनले दुई दशक लामो संघर्षपछि रानाथारु समुदाय सुचिकृत भएकोमा सो समुदायलाई घरघरमा दिपावली मनाउन समेत आग्रह गरे । 

belauri-1

यस्तै, कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले कञ्चनपुर-कैलालीका रानाथारु समुदाय यहाँका धर्तीपुत्र रहेको जिकिर गरे । उनले रानाथारु समुदायलाई राज्यले ६० औँ नम्बरमा आदिवासीमा सुचिकृत गरेसंगै उनीहरुको अधिकार सुनिश्चित हुने बताए । खासगरी विगतमा थारु कल्याणकारिणी सभाले रानाथारु समुदाय सुचिकृतको हकमा निकालेको विज्ञप्तिप्रति खेद प्रकट गर्दै उक्त समुदायलाई ढिलै भएपनि राज्यले सम्बोधन गरेकामा खुसि व्यक्त गरे । त्यसैगरी, कार्यक्रममा बोल्दै सभाध्यक्ष रानाले रानाथारु समुदायले छुट्टै पहिचान पाएसंगै आफूहरुको हक अधिकारका साथै संस्कृति, भाषा, कला, संस्कारको संरक्षण तथा सम्बद्र्धन हुने विश्वास व्यक्त गरे । उनले आजका दिनसम्म आईपुग्दा पहिचानका निम्ति सघाउने सबैलाई धन्यवाद दिँदै आभार प्रकट गरे । रासस

Wedding Story advertisement Of Jems Movies & Photo Studio