धनगढीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउँछौं , नगरप्रमुख वड

१५ माघ २०७६, बुधबार
धनगढीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउँछौं , नगरप्रमुख वड

धनगढी, १४ माघ
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी उप–महानगरपालिकालाई प्राविधिक शिक्षाको केन्द्र बनाउने अभियानमा जुटेको बताएका छन् ।
धनगढी उप–महानगरपालिका ८ मा रहेको धनगढी नमुना प्राविधीक माध्यमिक विद्यालयको विद्यालयको ७२ औं बार्षिकोउत्सव कार्यक्रममो उद्घाटन गर्दै बुधवार यस्तो धारणा राखेका हुन ।
हाम्रो टिम निर्वाचित भएर आएपछि धनगढीका ७ वटा सामुदायीक विद्यालयमा प्राविधिक धारको पठनपाठन सुरु गराएका छौं नगरप्रमुख वडले भने, धनगढी उप–महानगरपालिकाले आफैले पनि प्राविधीक शिक्षालय संचालन गरेको छ । आवश्यकता अनुसार अन्य सामुदायीक विद्यालयमा पनि प्राविधिक शिक्षाको पठनपाठन सुरु गर्ने छौं नगरप्रमुख वडले भने, हाम्रो उदेश्य गरिव र बिपन्न परिवारका बालाबालिकाहरुले सस्तोमा प्राविधिक शिक्षा पठ्न पाउन भन्ने हो । धनगढी उप–महानगरपालिकाले संचालक गरेको प्राविधिक शिक्षालयमा १ लाख ८० हजारमा डिप्लोमातहको पठनपाठन हुने गरेको नगरप्रमुख वडले बताए । उनले भने, बाहिर त्यही बिषय पढ्दा ७ देखि ८ लाख सम्म खर्च हुने गरेको छ ।
धनगढी उप–महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष नारायण बरालले शिक्षाको गुणस्तरमा सुधार अहिलेको आवश्यकता भएको बताए । वडा अध्यक्ष बरालले धनगढी धनगढी नमुना प्राविधीक विद्यालयबाट एसईईमा उत्कृष्ठ नतिजा ल्याउने छात्रा सोनिया बिसी र उत्कृष्ठ शिक्षक धर्मराज जोशीलाई ल्याप्टप पुरस्कार दिएका छन् । त्यसैगरी बार्षिकोत्सव कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पु¥याएका ब्यक्ति तथा विद्यार्थीहरुलाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो । बार्षिकोउत्सव कार्यक्रममा विद्यालयका प्राचार्य लक्ष्मणदत्त भट्टले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio