दिनेश राना/ धनगढी,२८ असाड ।
बिश्वा कोविड १९ को कारणले देशमा कोरोना विरामिको संख्या बढदै गइरहेको अवस्थामा रानाथारुहरुले मनाउदै आएको असाडि पुजा पुर्णरुपमा प्रभावित भएको छ ।
असाड महिनाको औसी पछि पहिलो दिन सोमबार या विहिबारका दिन यो पर्व मनाइन्छ । यो बर्ष औसी पछिको पहिलो दिन सोमबार परेको हाे त्यसैले यस वर्षको असाडि पुजा साेमबार गर्ने भनेर रानाथारुहरुको जातिय संस्था नेपाल रानाथारु समाजले अधिकारिक रुपमा विज्ञप्ती नै निकालेर विहिबारको दिन सबैले असाडि पुजा गर्ने भन्ने सबैमा अनुरोध गरेको थियाे। त्यसको बाबजुत पनि केहि गाउँमा असाड महिनामा कामको चटारोले गर्दा जेठ महिनामा पनि मनाउने गरेको भने धनगढी उपमहानगर पालिका ७ देवहरिया गाउका भलमन्सा जगन्नाथ रानाले बताएका छन ।
त्यसैगरी मनेहरा गाउका समाज सेवी भंगी रानाले यो बर्ष असाडी पर्व असाड महिनाको २८ गते साेमबार का दिन परेकोले यसै दिन मनाउनु भनेका थिए । वहाँ रानाथारू ल्यालेन्डरमा तिथी मिति सम्बन्धि अध्याय गर्ने व्यक्ति हुन ।
नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाले सबैलाई असाडि पर्वको शुभकामना दिएका छन । त्यसै गरि बेलाैरीनगर पालिका ८ का वडा अध्यक्ष नन्दकुमार रानाले भुइयाँ सुरक्षर्थको लागि यो आ.ब. २०७८/७९ को कार्यक्रममा नगरपालिकाबाट नै बजेट विनियोजन गरेको कुरा जानकारि दिए ।
असाडि पुजाको बारेमा गाउको मुल गुरुवा – गौटेहरा सियाराम राना ले यो पर्व हाम्रो रानाथारु समुदायमा धेरै पहिले देखि मनाउदै आएका छौ जतिबेला यो ठाउमा बिभिन्न किसिमको काइली , रोग , महामारी आदिबाट बचनका लागि यो पुजा गर्दै आएको बताएका छन । चाैधरी थारूहरूले यसलाइ “हरेरी पुजा” भनेर मान्दै अाएका छन । याे पर्व पछि रानाथारू सामुदायमा असाड महिना भरी भलमन्सा , गाैटेहरा भर्रा ( गाउँकाे मुख्य गुरूवा ) राख्ने छाेडने सरसल्ला गर्दछन ।