नगरप्रमुख वडद्धारा नगर स्वास्थ्य केन्द्र भवनको उद्घाटन

६ माघ २०७६, सोमबार
नगरप्रमुख वडद्धारा नगर स्वास्थ्य केन्द्र भवनको उद्घाटन

धनगढी, ६ माघ
धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले वडा नं १२ मा निर्माण गरिएको नगर स्वास्थ्य केन्द्र भवनको सोमबार उद्घाटन गरेका छन् ।
उप–महानगरपालिकाको ७० लाखको लगानीमा निर्माण गरिएको नगरस्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन । भवनको उद्घाटन गर्दै नगरप्रमुख वडले नगरका बासिन्दाले सहज ढंगले सेवा दिन स्वास्थ्यकर्मीहरुलाइृ निर्देशन दिए । क्षेत्रका जेष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको छ ।
आवश्यकता अनुसार जेष्ठ नागरिकहरुको घरमै पुगेर सेवा दिनुहोला नगरप्रमुख वडले भने , एक महिनामा एक पटक अनिवार्य जेष्ठ नागरिक संग स्वास्थ्यकर्मीले भेटेर सेवा दिएको हुनुपर्छ । स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिकहरुको घरमै पुगेर प्रेसर जाँच गर्ने, सुगर जाँच तथा रगतको नमुना संकलन, परामर्श दिने, औषधी दिने काम गर्नुहोला नगरप्रमुख वडले भने, यो धनगढी उप–महानगरपालिकाको अभियान हो । धनगढी उप–महानगरपालिका वडा नं १२ का अध्यक्ष गणेश प्रशाद जोशीले आफ्नो वडामा जेष्ठ नागरिकहरुलाई घरमै सेवा दिने काम भैरहेको बताए । सुरुमा नगरस्वास्थ्य केन्द्र भएका वडाहरुमा जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिईएको भएपनि अव १९ वटै वडाका पु¥याउने उप–महानगरपालिकाको योजना रहेको उप–महानगरले जनाएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio