‘
धनगढी: सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय नेकपा एमाले पार्टीभित्र देखिएको गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै कृष्णपुरका नगर कमिटी सचिव नरेश कार्कीले फेसबुकमा आलोचनात्मक पोष्ट गरेका छन्। सती सालझैँ अडिग उभिएका इमान्दार कार्यकर्तालाई उपेक्षा गर्दै धोखेबाज प्रवृत्तिका व्यक्तिहरूलाई पुरस्कृत गरिएको भन्दै आलोचना बढ्दै गएको कार्कीले उल्लेख गरेका छन्।
पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै जाँदा संगठन कमजोर बन्दै गएको टिप्पणीसमेत गरिएको छ। “यस्तो बाटो समात्दै पार्टी कता जाँदैछ?” भन्ने प्रश्न उठाउँदै इमान्दार कार्यकर्तामाथि भएको व्यवहारप्रति असन्तोष प्रकट गरिएको छ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई हराउने गतिविधिमा खुलेआम संलग्न व्यक्तिलाई समेत पुरस्कृत गरिएको एमाले कृष्णपुर नगर कमिटी सचिब नरेश कार्कीको आरोप छ। उक्त निर्णयप्रति असहमति जनाउँदै व्यंग्यात्मक रूपमा सुदूरपश्चिम संसदीय दलका नेताप्रति कटाक्ष गर्दै कार्कीले फेसबुकमा पोष्ट गरेका छन्।
एमाले पार्टीभित्र बढ्दो असन्तुलन र निर्णय प्रक्रियाप्रति उठिरहेका प्रश्नहरूले संगठनको आगामी दिशा र भविष्यप्रति चिन्ता थपिएको छ।







