धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१८ ई गाउँका ४८ वर्षीय प्रेम भन्ने सोभान विकलाई नाबालिकामाथि अनैतिक क्रियाकलाप गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

१३ वर्षीया नाबालिकाकी आमाले ती व्यक्तिले असार महिनादेखि विभिन्न लोभ र प्रलोभनमा पारेर छोरीमाथि अनैतिक गतिविधि गर्न खोजेको भन्दै मंगलबार राति इलाका प्रहरी कार्यालय बहुलियामा निवेदन दिएकी थिइन्।

निवेदनपछि प्रहरी नायब निरीक्षक रमेश सिंहको कमाण्डमा खटिएको टोलीले विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको तिमिल्सिनाले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।