धनगढी: कैलालीमा केपी शर्मा ओली पक्षका प्रभावशाली नेता नारदमुनि राना ११औं महाधिवेशनको संस्थापन प्यानलमा अटाएका छैनन्। ओली टिममा नपरेपछि उनले स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

‘टिमको सार्वजनिक सूचीमा नाम नदेखेपछि स्वतन्त्र रुपमा भूगोलको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु,’ नारदमुनिले भने।

राना ओलीका सदाबहार समर्थक हुन्। उनी ओली समूहमा पदाधिकारीमा दाबी गर्दै आएका थिए। तर, केन्द्रीय सदस्यमा समेत नअटाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

राना २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा डा. आरजु राणा देउवाललाई पराजित गरेर चर्चामा आएका नेता हुन्। ०७९ सालको निर्वाचनमा भने उनी कांग्रेसका डिल्लीराज पन्तसंग पराजित भएका थिए।