धनगढी। भुइयाँघाट भलिबल कपको आज समुद्घाटन भएको छ। कार्यक्रमका प्रमुख अतिथी पुर्ब बन तथा बाताबरण मन्त्री माननीय नारद मुनी राना बाट आज भव्य खेलकुदका साथ समुद्घाटन भएको छ।
धनगढी उप-महानगरपालिकाको वार्ड नं १० को भुइयाँघाट गाँउमा घुइयाँघाट युवा क्लबको आयोजनामा यहि १९ गते देखी २२ गते सम्म खुला वडा स्तरीय भलिबल खेलकुद आयोजना रहेको क्लबका अध्यक्ष अनिल रानाले जानकारी दिनु भयो।भुइयाँघाट भलिबल कप २०८२ धनगढीमा भव्य उद्घाटन — २१ टिमको सहभागिता, विजेतालाई ३१ हजार रुपैयाँ पुरस्कार‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन र पहिचान, लागु औषध न्युनिकरणको अभियान’ को मुल नारा सहित यो खेलकुद प्रतियोगिताको आयोजना भएको क्लबका सचिब समिर रानाले जानकारी दिए।

उद्घाटन समारोहमा विशिष्ट अतिथीका रुपमा धनगढी उप-महानगरपालिका वार्ड नं १० का वार्ड अध्यक्ष शिब कुमार राना, भुमि समस्या समाधान आयोग, कैलालीका विज्ञ सदस्य कमल सिं राना, वार्ड नं १२ का वार्ड अध्यक्ष शेर बहादुर महरा, वार्ड नं ७ का वार्ड अध्यक्ष मोती राना, वार्ड नं ८ का वार्ड अध्यक्ष जुग राम चौधरी, सशस्त्र प्रहरी निरिक्षक शैलेन्द्र सिंको उपस्थिती थियो। यसै गरी अतिथीहरु वार्डका अगुवा समाजसेबीहरु भमटा राना, राम कुमार राना, राज कुमारी राना, वार्ड नं १२ पुर्ब वडा अध्यक्ष लक्ष्मी चौलागाइ, अनेरास्वबियु कैलाली बहुमुखी क्याम्पस अध्यक्ष पुस्पराज राना, पुत्तु राना, केबल राना, राम दिन राना लगायतको उपस्थिती थियो। यस सँगै नर्स राज कुमारी रानाको मेडिकल टिम पनि यस कार्यक्रममा उपस्थित रहेको थियो।

उद्घाटनमा कार्यक्रमका प्रमुख अतिथी नारद मुनी रानाले क्लबले गरेको कार्यक्रम अति नै सराहनिय रहेको र यस बाट लागु औषध सेबन कर्ता न्युनिकरणमा सहयोग पुग्नुको साथै समाजको बिकासमा ठुलो भुमिका खेल्ने बताउनु भयो।
प्रतियोगितामा २१ वटा टिमको सहभागिता हुने आयोजकले बताएको छ। प्रथम हुनेलाई रु.३१,१००, दोस्रो हुने लाई रु २१,१०० र तेस्रो हुने लाई रु ११,१०० नगद प्रमाणपत्र सहितको ब्यवस्था गरिएको छ।