गड्डाचौकी र भुडाबाट अवैध रूपमा ल्याइएको ठूलो मात्राको सामान नियन्त्रणमा

२२ आश्विन २०८२, बुधबार
गड्डाचौकी र भुडाबाट अवैध रूपमा ल्याइएको ठूलो मात्राको सामान नियन्त्रणमा

‎कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ ।
‎जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी र बेलौरी नगरपालिका–१० भुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ५७ हजार २६७ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

भन्सार छलीका पटका, इलेक्ट्रोनिक, कष्मेटिक, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio