नरेश राना / कञ्चनपुर 

कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ३ बल्मी स्थित अनमोल कृषि सहकारी संस्थाको सभा  हल मा सामाजिक विकास कार्यलय महेन्द्रनगर को आर्थिक सहयोग मा आदिवासी जनजाति संघ लालझाडी को आयोजना मा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम मा आदिवासी जनजाति संघ लालझाडी का अध्यक्ष गोमती राना को सभाध्यक्ष मा सम्पन्न भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष टीकाराम डगौरा रहनु भएको थियो,विशिष्ठ अतिथि लालझाडी गाउँपालिका वडा नं  २ का वडा अध्यक्ष आशाराम राना,कार्यपालिका सदस्य वासमती राना ,३ नं का वडा सदस्य मोहन सिंह वडाएक,१ नं का वडा सदस्य राज कुमार डगौरा,अतिथि लालझाडी गाउँपालिका उद्यम विकास शाखा प्रमुख नरेश भट्ट, भलमन्सा भजोरा राना,मेघनाथ राना ,विनोद चौधरी , पृर्थी राना तथा स्थानीय हरुको उपस्थिति रहेको थियो।

कार्यक्रम मा राना थारू को विभिन्न परिकार बनाई अथिति लाई स्वागत तथा  सम्मान गर्नु भएको थियो। साथै राना थारुले आ – आफ्नो होरी नाच तथा सखिया नाच खेलेर सो कार्यक्रम लाई सम्पन्न गराउनु भएको थियो।कार्यक्रम मा प्रमुख अतिथि ले आ – आफ्नो  थारु भाषा कला संस्कृतिको संरक्षण प्रर्वद्धन गर्न आ आफ्नो ठाउँ बाट लागि हामी थारु भाषा कला संस्कृतिको संरक्षण प्रर्वद्धन गर्न सक्छौं। कार्यक्रम लाई आदिवासी जनजाति संघ लालझाडी का सदस्य झेल सिंह राना ले सञ्चालन गर्नु भएको थियो।