कृष्णपुरका युवा नेता कार्कीद्वारा खेल सामाग्री वितरण

६ बैशाख २०८२, शनिबार
कृष्णपुरका युवा नेता कार्कीद्वारा खेल सामाग्री वितरण

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं २ वाणी/बंक का स्थानीय खेलाडीहरूलाई युवा नेता नरेश कार्कीले खेल सामाग्री हस्तान्तरण गरेका छन्। शनिबार नेकपा एमाले कृष्णपुर नगर कमिटी सचिब समेत रहेका कार्कीले खेल सामाग्री वितरण गरेका हुन्।

शनिवार युवा नेता कार्की संगै नेकपा एमाले पार्टीका जिल्ला सचिवालय समिती सदस्य नेता लोक राज पन्त, जिल्ला कमिटी सदस्य नेता अमरजंग शाही, नेकपा एमाले वडा नं. २ कमिटी सचिव नेता प्रेम बहादुर सिह, मदन भण्डारी स्पोर्ट्स क्लब कञ्चनपुर जिल्ला कोषाध्यक्ष दिपेन्द्र नेगी , राष्ट्रिय युवा संघ कृष्णपुर नगर कमिटी सचिव मनिश जोशी, राष्ट्रिय युवा संघ कृष्णपुर नगर कमिटी सदस्य पवन पाण्डेय लगायत खेलाडी हरुको उपस्थितिमा क्याम्पस चोकका अभ्यासरत सक्रिय फुटबल खेलाडीहरुलाई दुई थान फुटबल हस्तान्तरण गरिएको छ। त्यस्तै वाणी खुल्ला मञ्च पछाडी खोला किनारको मैदानमा खेल्दै गरेका सक्रिय स्थानीय खेलाडी बालबालिकाहरुलाई र सरस्वती मा.वि खेलमैदान खेल्दै आएका खेलाडीहरुलाई एक-एक थान क्रिकेट ब्याट र क्रिकेट बल हस्तान्तरण गरिएको छ।

युवालाई खेलतर्फ अभिमुख गराउँदै युवा नेता कार्कीले पछिल्लो समय युवाहरू लागू औषधको कुलतमा फस्दै गएको अवस्थामा खेलकुदमार्फत उनीहरूलाई सक्रिय र सकारात्मक मार्गमा डोर्याउने उद्देश्यले खेल सामग्री वितरण गरिएको बताएका छन्। उनले आगामी दिनमा समेत यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।

कृष्णपुर नगरपालिका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो रहेको र स्थानीय तहले खेलकुद आयोजनाका क्रममा मात्रै स्थानीय खेलाडीहरुलाई खेल सामाग्री वितरण गर्ने, खेलाडी उत्पादन, अभ्यासका क्रममा खेलाडीहरुलाई खेल सामाग्री अभाव हुने समस्या आफुलाई जानकारी आएकाले खेल सामाग्री वितरण गरेको र स्थानीय तहले समेत खेलकुद र खेलाडीहरुमा विशेष ध्यान दिनुपर्ने नगर कमिटी सचिब युवा नेता कार्कीले बताएका छन्।

Wedding Story advertisement Of Jems Movies & Photo Studio