नरेश राना / लालझाडी
कञ्चनपुरको दक्षिणी ग्रामिण क्षेत्र लालझाडी गाँउपालिकामा नेपाली सेनाले विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । सेनाको सुदूरपश्चिम पृतना अन्तर्गत कञ्चनपुरको २५ नम्बर वाहिनीले शनिबार लालझाडी गाँउपालिका २कञ्ज गाँउमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो ।
सेनानी आकास बस्नेतले निःशुल्क स्वास्थ्य शिविरबाट ८सय ३४ नागरिकले सेवा लिएको बताए । उनका अनुसार ५सय १६ महिला र ३सय १८ पुरुष रहेका छन ।
११ सेना र ६ महाकाली अस्पतालका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीहरुबाट सेवा प्रदान गरिएको छ । फिजियोथेरापी, छालातथा योनरोग, अर्थोपिडिक, अल्ट्रासाउण्ड, भिडियो एक्सरे, दन्त, स्त्री, बाल रोग, नाक, कान, घाटी लगायत निःशुल्क स्वास्थ्य चेकजाँच, उपचार गरिएको छ । साथै सेनाले अपाङ्गता भएकाहरुलाई बैशाखी, ह्यलीचियर समेत वितरण गरेको छ ।
महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले सेनाले यसरी ग्रामिण भेगमा संचालन गरेको निःशुल्क शिबिरबाट नागरिकलाई विशेषयज्ञ सेवा पुगेको बताए । लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले पालिका सहितसंगको सरोकारवालासंग सेनाले संचालन गरेको कार्यक्रमले केही नागरिक लाभान्वित भएको बताए । २५ नम्बर वाहिनीका वाहिनीपति सहायक रथी माधव थापाले नागरिक र सेनाविचको सम्बन्ध विस्तारका साथै समाजिक उत्तरदायित्व बहनका लागि उक्त कार्यक्रम गरिएको बताए । निःशुल्क गाँउमै स्वास्थ्य सेवा पाएपछि नागरिक हर्षित भएका छन । शिबिर अघि नेपाली सेना सम्बन्धी बृतचित्र प्रस्तुत लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कक्षा मानव बन्यजन्तुविचद्वन्द्व न्यूनिकरणका लागि बृतचित्र प्रस्तुत का साथै लालझाडीका सार्वजनिक क्षेत्रमा सरसफाई, माईन जोखिम सचेतना, युवा सचेतना, महाकाली मावि र श्रीदल गुल्मविच मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको थियो । गाँउमा सेना सहितका सरोकावाला सरकारी निकाय पुगेपछि नागरिक समेत हर्षित भएका छन ।