लालझाडी अध्यक्ष कपको तेस्रो संस्करणको  खेलमा भोलि फाइनल खेल : भेट्रान ११ बजे ,युवा तर्फ को खेल १ बजे हुने

२५ माघ २०८१, शुक्रबार
लालझाडी अध्यक्ष कपको तेस्रो संस्करणको  खेलमा भोलि फाइनल खेल : भेट्रान ११ बजे ,युवा तर्फ को खेल १ बजे हुने

नरेश राना / लालझाडी कञ्चनपुरको लालझाडीमा लालझाडी अध्यक्ष कपको तेस्रो संस्करण  को खेल माघ १६ गते  उद्दघाटन भएको थियो। सो प्रतियोगिता जारी रहेको छ। लालझाडी अध्यक्ष कपको आज १० औं दिन मा सेमी फाइनल खेल सम्पन्न  भएको छ ।

सेमी फाइनल खेलमा झिलमिला युवा समाज ले ट्रईब्रेकर मा ३ का विरुद्ध १ गोल ले बेल्डाँडी १ लाइ हराएर झिलमीला युवा समाज फाइनल तय गरेका छ।  सो खेल म म्यान अफ द म्याच किपर कुम्भ देउवा भएका थिए। सेमी फाइनल को दोस्रो खेलमा लालझाडी ४ ले लालझाडी ५ लाइ ४ गोल ले आग्रत लिई लालझाडी ४ फाइनल तय गरिएको छ । सो खेल म म्यान अफ द  म्याच रामचन्द्र राना भएका थिए।

तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को फाइनल खेल लालझाडी ४ Vs झिलमिला युवा समाज ५ बीच हुने भएको छ।तेस्रो संस्करणमा च्याम्पियन हुने टिमले नगद राशी १ लाख २१ हजार १ सय २१ रुपैयाँ सहित ट्रफी प्रमाणपत्र र मेड्ल हात पार्ने छन्। भने उपविजेता टिमले ७१ हजार १ सय ७१ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेड्ल को घोषणा गरिएको छ। 

Wedding Story advertisement Of Jems Movies & Photo Studio