धनगढी । धनगढी उपमहानगरपालिका १३ श्रीलंकामा रहेको जनसेवा युवा क्लबको अध्यक्षमा समीर चौधरी निर्वाचित भएका छन् । मंगलबार भएको भेलाले चौधरीको अध्यक्षतामा ११ सदसीय समिती निर्वाचित भएको हो । 

समितीको सचिवमा कालुराम चौधरी र कोषाध्यक्ष बिमला चौधरी निर्वाचित भएका छन् । सदस्यहरुमा बिदेशनी चौधरी, दील कुमारी राजबंशी, राम बहादुर चौधरी, दीपेश चौधरी, सीता चौधरी, निशा चौधरी, अन्तराम चौधरी, प्रदेशु डगौरा निर्बाचित भएका हुन् ।