धनगढी: परम पूजनीय श्री पिण्डेश्वर महादेव अर्धनारीश्वरी सद्‌गुरुदेव श्री अर्चना बाबाको १०८ शिव साधना मध्ये १०६ औं शिव साधना कार्यक्रम धनगढीमा हुने भएको छ।


“हत्या हिंसा त्यागर्गों सत्यको मार्ग पहिल्याऔं” भन्ने मूल नाराका साथ आयोजना हुने यस कार्यक्रममा वैदिक सनातन धर्म रक्षार्थ विश्व शान्ति तथा राष्ट्र कल्याणको कामना गरिएको छ।


मिति र समय:

मिति: २०८१/०८/७ गते देखि २०८१/०८/१० गते सम्म

समय: बिहान ९ बजे

स्थान: श्री घोडसुवा अर्चना बाबा प्राङ्गण

धनगढी उपमहानगरपालिका-११ घोडसुवा, कैलाली

यस कार्यक्रममा सद्‌गुरुदेव श्री अर्चना बाबाको सवारी भई उहाँकै सानिध्यमा विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना हुनेछन्। नेपाल तथा भारतका भक्तजनहरू, बुद्धिजीवी, समाजसेवीहरू र भगवान प्रति आस्थावान सम्पूर्ण महानुभावहरूलाई यस कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन आयोजकले हार्दिक आमन्त्रण गरेको छ।