दिनेश राना/कैलाली: दशैँ र तिहारको अवसरमा धनगढीमा खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ। जखौर बाबा युवा क्लबको आयोजनामा भएको प्रतियोगिता असोज १४ देखि २२ गतेसम्म चल्नेछ।


कार्यक्रममा प्रमुख अतिथि धनगढी उमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मोती रानाथारु, विशिष्ठ अतिथि नेपाली कांग्रेस कैलाली -५ का सभापति भीम पाडाल, शिवनगर खानेपानीका उपाध्यक्ष दामोदर शाहु, देवहरीय सुमदयक वन उपभोक्ता समूहका अध्यक्ष शरद प्रसाद राना, धनगढी उमहानगरपालिका वडा नं ७ का वडा सदस्य विक्रम खाती, कैलाली जिल्ला खेलकुद समितिका सदस्य तिलक मौनी, समाज सेवी, बुद्धिजिबी, रेफ्री, खेलाडी र दर्शकको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिले शुभकामना मन्तव्य दिँदै भने वडा का सम्पूर्ण खेलाडीहरुका लागि यस वडामा एउटा ठोलो प्रतियोगिता गर्न वडा कार्यालय तयार छ । हामी यस वडामा एउटा वडा स्तरीय खेल मैदान बनाउने र युवाहरुलाई सहयोग गर्न तियारीमा छौं ।


विशिष्ठ अतिथि भीम पाडालले भने यस क्लबको लागि हुने मेरो तर्फ बाट सम्पूर्ण सहयोग गर्ने छु भने र प्रतिबदत जानेका छन् ।
देवहरीय सुमदयक वन उपभोक्ता समूहका अध्यक्ष शरद प्रसाद रानाले भने यस प्रतियोगितालाई मा जहिले पनि सहयोग गर्ने बताए ।
प्रतियोगिताको उद्देश्य खेलकुद प्रवर्द्धन, स्वास्थ्य र सामुदायिक भावना बढावा दिनु रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न स्थानीय संस्थाहरूले सहयोग गरेका छन्।


प्रतियोगितामा कैलाली र कञ्चनपुर बाट विभिन्न टिमहरू सहभागी रहको छ । आयोजकले प्रतियोगिताले धनगढी र आसपासका क्षेत्रमा फुटबलको विकासमा योगदान पुर्‍याउने विश्वास गरेका छन्।
यस खुल्ला फुटबल प्रतियोगिता मा प्रथम पुरस्कार ३० केजी बोका रहेको छ भने दृतीय पुरस्कार २० केजी बोका छ । उक्त प्रतियोगितामा २१ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

जखौर बाबा युवा क्लबको आयोजन भइरहेको खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उपाध्यक्ष मोती कुँवरले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको समापन अध्यक्ष देव बहादुर सेट्टीले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव पृथिबी रानाले गरेका थिए।