नरेश राना/कञ्चनपुर: कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं १ नौरंगामा आज बिहान एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ।मृतकको पहिचान लालझाडी गाउँपालिका वडा नं १ नौरंगा निवासी राजकुमार रानाकी श्रीमती अन्दाजी २८ वर्षीया हीरा मती राना रहेको लालझाडी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष प्यारे लाल राना ले जानकारी दिनु भएको छ।प्रारम्भिक जानकारी अनुसार राना आज बिहान दोदा नदीमा माछा मार्ने क्रममा चट्याङ लागेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धनगढीमा रहेको माया मेट्रो अस्पताल लगेको अस्पताल पुग्दै डाक्टरले मीर्त गोषण गरेको मृतक लाई पोस्टमार्टम का लागि सेती प्रदेशिक अस्पताल मा लागेको वडा अध्यक्ष राना ले जानकारी गराए ।