कञ्चनपुर । कञ्चनपुर जिल्लाका लालझाडी, पुनर्वास, बेलौरी र बेलडाँडीका पालिकाहरूद्वारा गृहमन्त्री लेखकलाई दक्षिणी क्षेत्रको विकास गरिदिन अनुरोध सहित ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार गृह जिल्ला आईपुगेका गृहमन्त्री लेखकलाई पनर्वास, बेलौरी र बेलडाँडी गाउँपालिकाले स्वागत गर्दै ज्ञापन पत्र बुझाएका हुन । सिमा देखि डुवान सम्म, निकुञ्ज देखि कृषि, सडक बाटोघाटोका समस्या समाधान गरिदिन ध्यानाकर्षण गराएका छन् ।
दोदा नदिका कारण बर्सेनि यहाँका स्थानीयले ज्यान गुमाउनु पर्ने समस्या, निकुञ्जका कारण किसानले झेल्नु परेका समस्या समाधान देखि विभिन्न माग गरेको लालझाडी गाउँपालिका अध्यक्षका स्वकिय सचिव अम्बर सिह धामीले जानकारी गराउनु भयो ।
बेलाैरी नगर प्रमुख पोतिलाल चाैधरीले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी भएर बेदकोट हुँदै जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने हुलाकी सडक ८ बर्षवितिसक्दा पनि अहिलेसम्म पुर्ण निर्माण हुन नसकेको अवस्थामा यथाशिघ्र निर्माणका लागि संघीय सरकारले निर्माण कम्पनीलाई निर्देशन दिनुपर्नेमा जोड दिदै बेलौरी छोटी भन्सारलाई नाकाकै रुपमा विकास गरिदिन लगायतका माग अघि सार्नु भयो ।
बेलडाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र रानाले दैजी बेलडाँडी हुलाकी सडक खण्ड यथा सिघ्र निर्माण, चाैधर नदीको धार परिवर्तन, दुई दसक भन्दा बढी समय देखि जंगलमै बास भएकाहरूको समस्या समाधान, लगायत विभिन्न समस्या समाधान गरिदिन माग अघि सारेका थिए ।मन्त्री लेखकले सबै पालिकाले अघि सारेका विषयमा सम्बन्धित मन्त्रालय मार्फत अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । गृहमन्त्रीलाई क्षेत्र नं १ काँग्रेसका नेता कार्यकर्ताहरुले यसक्षेत्रको सम्बृद्धिका योजनाका लागि पहल गरिदिन आग्रह गरेका छन ।







