नरेश राना कञ्चनपुर: कंचनपुरको पुनर्वास नगरपालिकाको आयोजनामा वडा नं १ भकुण्डाको रानाथारु संग्रहालयमा अन्तरास्ट्रिय रानाथारु सांस्कृतिक महोत्सव २०८१ असार ३ गते पुनर्वास नगरपालिकाका नगर उप-प्रमुख भुलिया कुमारी रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा प्रमुख अतिथी पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा , विशिष्ट अतिथी बेलौरी नगरपालिकाका नगर उप-प्रमुख जोगराम चौधरी , पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जीवन थापा , अतिथी वडा अध्यक्षहरु , अतिथी नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश राना , महासचिव भक्तराज राना , राना कला संस्कृति संरक्षण तथा विकास मञ्चका अध्यक्ष नारायन राना , उपन्यासकार तथा लेखक पदम राना रानाथारु युवा मंच खटिमा (uk) का अध्यक्ष डिलु सिंह राणा , थारु जनकल्याण संस्था लखिमपुर खिरी (up) का अध्यक्ष छैलबेहारी राणा , बेलौरी नगर भलमन्सा समितीका अध्यक्ष सुरेश बडायक , भलमन्सा , समाजसेवी बुद्धिजीवी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा रहेको थियो । प्रमुख अतिथि ले पुनर्वास १ मा रहेका आदिवासी जनजाति हरूलाई आफ्नो पहिरन आपनो पहिचान रीतिरिवाज रहन सहन र क्रियाकलाप को बारेमा र यो एउटा संग्रालय नभई यहाँ बाहिर बाट घुम्न आउने पर्यटकआउने वातावरण बनाएका छौ भोलि को दिन मा यो एउटा पर्यटक स्थल हुने छ त्यसै गरी नगर उपप्रमुख भुलिया कुमारी राना ले हाम्रो यो करोडौं को लगानी मा बनेको संग्रालय मा यो क्षेत्रका नेता हरु फोटो ,सेल्फी खिचेर मात्र संग्रालय को गुणगान गाउँछन् तर बजेट भने कोही हाल्दैन यो भनेको नगरपालिका को सम्पति हैन यो कञ्चनपुर क्षेत्र नं १ को सम्पति हो तीन स्थानीय तह को बीच मा परेको ले यसलाई हामी सबै पालिका ले जगेर्ना गर्नु हामी सबै को दायित्यो हो भनेर जानकारी गर्नु भएको थियो ।
नेपाल र भारतको कला संस्कृतिलाई झल्काउनको प्रस्तुतिहरु रहेको थियो । कार्यक्रममा रानाथारु समुदायको होरी नाच , झिझी , ठडिया नाच ,ढोल गित , सावनको गित , निझोटा गाउको होरी ,खटिमाबाट गायक बन्टी राना , रिन्कु रानाको टिम र सुदुरपश्चिम समाज धनगढीको नृत्य प्रस्तुति रहेको थियो