नरेश राना/कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं १ मा रहेको हरियाली सामुदायीक वन उपभोक्ता समूह ले आफ्ना उपभोक्ता हरु मध्य विपन्न वर्ग का उपभोक्ता हरुलाई ५० % अनुदानमा ग्यास तथा चुलो वितरण गरिएको थियो। कार्यक्रम मा सभापति हरियाली सामुदायीक वन उपभोक्ता समूह का अध्यक्ष राम नाथ राना ,प्रमुख अतिथि लालझाडी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष प्यारे लाल राना, विशिष्ठ अतिथि CFCCकञ्चनपुर का उपाअध्यक्ष निर्मल भट्ट रहनु भएको थियो।

अतिथि हेभन पर्ल वर्ड बोर्डिङ स्कुल का एम डी सोम नाथ राना, सब डिभिजन का बन् रक्षक लक्ष्मण चौधरी, रहनु भएको थियो। कार्यक्रम मा CFCC का उपा अध्यक्ष निर्मल भट्ट ले लालझाडी गाउँपालिका भीत्र का सामुदायीक हरु मा यो कार्यक्रम पहिलो कार्यक्रम भएको ले सामुदायीक वन लाई विशेष धन्यबाद दिनु भएको थियो।

त्यसै गरी प्रमुख अतिथि ले यो सामुदायीक वनमा आम्दानी को श्रोत काठ नै भएकोले यस लाई बचाई राख्नु हाम्रो सबै को दाइत्व रहेको ले यसै बाट आज हामी यी सुविधा पाइएको बताउनु भएको थियो।यो हरियाली सामुदायीक वन उपभोक्ता समूह मा जम्मा १०१२ उपभोक्ता सदस्य रहेको सामुायिक बन् मा विपन्न वर्गका उपभोक्ता सदस्य हरु लाई छनौट गरेर १५० ग्यास सिलिन्डर वितरण गरिएको सामुदायीक वन का अध्यक्ष राम नाथ राना ले जानकारी गराउनु भएको थियो। कार्यक्रम स्थानिय शिक्षक मुन्सी राना ले सञ्चालन गर्नु भएको थियो।