नरेश राना/कञ्चनपुर: कंचनपुरको कृष्णपुर नगरपालिकामा महिला उद्घोषण तालिम कृष्णपुर नगरपालिकाको आयोजनामा वडा नं १,२,३ मा कृष्णपुर-२ को सभाहलमा वडा नं २ का वडा अध्यक्ष अर्जुन सिंह साउदको अध्यक्षतामा उद्घाटन भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका उप-प्रमुख द्रोपती राना, विशिष्ट अतिथी कृष्णपुर-३ का वडा अध्यक्ष खेमराज चौधरी, प्रशिक्षक प्रेरणा पाण्डे, पत्रकार तथा प्रशिक्षार्थीको उपस्थिति रहेको थियो ।

महिलाले आफ्नो कुरा सबैको अगाडि बोल्न नसक्ने डराउने र उद्घोषकको उत्पादनको लागि कृष्णपुर नगरपालिकामा ९ वडामा महिला उद्घोषण तालिम संचालन गरेका छौ भनेर प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका उप-प्रमुख द्रोपती रानाले मन्तव्य व्यक्त गरेकी हुन ।


कार्यक्रममा प्रशिक्षार्थीहरु यो तालिममा सहभागी हुन पाउँदा धन्यवाद व्यक्त गरेका हुन । महिला उद्घोषण तालिम प्रथम चरण वडा नं १,२,३ को वडा नं २ को सभाहलमा २०८१ जेष्ठ १४ गतेदेखि १७ गतेसम्म , दोस्रो चरण वडा नं ४,५,६ को नगरपालिकाको सभाहलमा जेष्ठ १८ गतेदेखी २१ गतेसम्म र तेस्रो चरण वडा नं ७,८,९ को वडा नं ८ को सभाहलमा जेष्ठ २२ गतेदेखी २५ गतेसम्म विहान ८ बजेदेखि संचालन हुने छ ।







