धनगढी । कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास गर्ने मुख्य आदिवासी जनजाति रानाथारु समुदायले पहिचान दिवस वेदकोट नपा सिसैयामा दीप प्रज्वलन गरि सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य तथा नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानले रानाथारुको सूचीकरणको मुद्दा दुई दसक पछि मात्रै २०७६ साल माघ २० गते आजैका दिन तत्कालीन प्रधानमन्त्री केपि ओलिकाे नेतृत्वमा सरकारले सुचिकृत गरेको हो । राज्यमा सुदृढ अधिकार सुनिश्चित गर्न अझै रानाथारु समाज एकता बद्ध भएर लाग्नु पर्ने बताउनु भएको छ।

कार्यक्रमकाे विशिष्ट अतिथी मित्र रास्ट्र भारतको उतराखन्ड बिधायन शभा सदस्य माननीय गोपाल सिंह राणा रहनु भएकाे थियाे । वहाँले नेपाल र भारतमा बसोबास गर्ने रानाथारु जाती बिच पुरानो सम्बन्धलाइ पुनः स्थापित गर्नु पर्ने कुरा राख्नु भयो ।

कार्यक्रम कञ्चनपुर जिल्ला अध्यक्ष प्रेमबती रानाकाे सभापतित्वमा भएकाे थियाे भने संचालन साहेब रानाले गर्नु भएकाे थियाे ।