नरेश राना/ कञ्चनपुर l कञ्चनपुरको बेलौरीमा माघी महोत्सव शुरु भएको छ । बिहीबारदेखि बेलौरी खुला मञ्चमा माघी महोत्सव शुरु भएको हो । थारु कल्याणकारिणी सभाको आयोजनामा महोत्सव शुरु भएको छ । थारु समुदायको लोक संस्कृति सरक्षणका लागि महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

थारु कल्याणकारिणी सभा कञ्चनपुरका सभापति शुनिता चौधरीले महोत्सवबाट थारु समुदायको लोक संस्कृति सरक्षण गर्ने बताईन । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी पुर्वमन्त्री मगरले माघी पर्वले ठुलो महत्व राख्ने बताउँदै पर्वलाई समुदायको एकता, बृद्धि विकास केन्द्रीत अघि बढाउन सरोकारवालाले भूमिका निर्वाह गर्नुपर्ने आब्हान गरेकी छिन ।

कार्यक्रमका बिशिष्ठ अथिति संविधान सभा सदस्य समेत रहेका सुप प्रदेश सभा सदस्य दिवान सिह विष्टले थारु समुदायको लोक संरक्षणमा जोडदिए । अर्का बिशिष्ठ अतिथि बेलौरी नगरका मेयर पोतिलाल चौधरीले समेत संस्कृति सरक्षणका लागि बेलौरी नगरपालिकाको सहयोग रहेको बताए । उद्घाटनका दिन विवित नृत प्रस्तुत गरिएको थियो । मुख्य प्रयोजक बेलौरी नगरपालिका, कैलालीको धनगढीमा रहेको नोभा हस्पिटल प्रालि रहेको छ ।

थारू समुदायको कला, लोक संस्कृती र भाषा साहित्यको जगेर्ना एवं प्रवद्र्धन र संरक्षणमा सहयोग र्पुयाउने, थारु समुदायमा रहेका कुरुति हटाइ एकजुट भइ शिक्षित समाज निर्माणमा सहयोग र्पुयाउने, थारु झाँकी कला संस्कृतिहरुको समेत प्रदर्शन लगायतको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, माघी, झुम्रा, मुग्रुह्ववा नाच तथा अन्य पुराना नाचको प्रस्तुति, थारु समुदायको रहनसहन संस्कृती र भेषभुषा प्रदर्शन, थारु लेखन प्रस्तुति, थारु परिकारको मेलामा ५० हजार दर्शकहरु कार्यक्रममा सहभागी हुने अनुमान गरिएको थारु कल्याणकारिणी सभा बेलौरीका अध्यक्ष खडक चौधरीले बताए । मेला अवलोकनका लागि प्रवेश निःशुल्कक रहने समेत आयोजकले जनाएको छ । महोत्सव २८ पुषसम्म संचालन हुनेछ