नेपाल बुद्धिजीवी परिषद्, कैलालीको आयोजनामा आज धनगढीको देव तालिम केन्द्रमा डा. विन्दा पाण्डेयद्वारा लिखित पुस्तक “भुइँ मान्छे” को “पुस्तक चर्चा” सम्पन्न । कार्यक्रममा पुस्तक लेखक डा. विन्दा पाण्डेय, डा. बिन्दा, माननीय गरिमा शाह, माननीय धर्म पाठक, माननीय जानकी कुँवर, नेकपा एमालेका सुप सचिव रण ब.चन्द, पुराना नेता जीवन राई, यज्ञराज बास्तोला लगायतका वरिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा सचितानन्द जोशी र यज्ञराज ढुंगानाले पुस्तक माथी चर्चा गरेका थिए । नेपाल बुद्धिजीवी परिषद्, कैलालीका अध्यक्ष प्रकाश छेडालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव एकेन्द्र भण्डारीले गरेका थिए ।






