नरेश राना/कञ्चनपुर: कञ्चनपुर को लालझाडी गाउँपालिका वार्ड नं २ मा रहेको हेभन पर्ल वर्ड एकेडेमी बोर्डिङ स्कूल मा अभिभावक संग विभिन्न खेलकुद सहित प्रणय दिवस तथा सरस्वती पूजा मनाइयो।




प्रणय दिवस तथा सरस्वती पूजा को दिन एक संस्थागत स्कुलले आफ्ना अभिभावक संगको खेलकुद तथा पढाइ प्रति हुने आफ्ना साना बाबु नानी हरुलाई अलगै किसिमको शिक्षा दिने गरी विभिन्न खेल खिलाई खेल जगत मा भविष्य मा एउटा नमुना विद्यालयको रूपमा चिनाउने विद्यालय बनाउने भनी प्रयास गरिएको संस्थाका फाउन्डर सोमनाथ राना ले बताउनु भएको थियो।





सो दिन कार्यक्रम लाई लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना ले उद्दघाटन गर्नु भएको थियो। विद्यालय मा शिक्षक र शिक्षिका र अभिभावकको एकदमै सुमधुर सम्बन्ध रहेको विद्यालय ले जानकारी गराउनु भएको थियो।







