नरेश राना/लालझाडी, असार २४ । कंचनपुरको लालझाडी वार्ड नं ३ मा प्रधानमंत्री आधुनिकीकरण धान पाकेटमा बिभिन्न कृषि यन्त्र खरीद गरी किसानलाई ५०% अनुदानमा बितरण गरेका लालझाडी का नेता अमरसिंह रानाले जानकारी गराउनु भएको थियो।

कार्येक्रममा सभापति सो कार्येक्रमका अध्यक्ष पुनम कुमारी राना रहनु भएको कार्येक्रममा प्रमुख अथिति लालझाडी गाऊपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो। कार्येक्रममा अथिति लालझाडी ३ का वार्ड सदस्य मोहन बड़ाएक रहनु भएको थियो। कार्येक्रमलाई अझै यो भन्दा राम्रो किसानलाई अझै सहज हुने किसिमले आउदो बर्ष किसानलाई कृषिमा आत्मनिर्भर बनाउन नया थप कार्येक्रम ल्याउने भनि लालझाडी गाऊपालिका का अध्यक्ष रानाले जानकारी गराउनु भएको हो। कार्येक्रम मा तपसिल अनुसार कृषि समान हस्तांतरण गारिएको थियो स्प्रे टंकी १० थान, सिचाई मोटर ६ थान, बोरिंग ६ थान शुस्मतत्व गरी बिभिन बिषादी हरु बितरण गरेका थिए।