काे हुन त उपमेरकी उमेदवार “कन्दकला राना”

२०७९ बैशाख २०, मंगलवार १७:५४
काे हुन त उपमेरकी उमेदवार “कन्दकला राना”

धनगढी,२० बैशाख २०७९ ।

थारुको बाहुल्य रहेको धनगढीमा गठबन्धनले उक्त समुुदायबाट प्रतिनिधित्व नगराएपछि आलोचना भइरहेका बेला एमालेले धनगढीको उपमेयर पदमा थारु समुदायको समावेशी प्रतिनिधित्व गराउदै कन्दकला रानालाई उम्मेदवार बनाएको छ ।

२०४० साल जेठ १७ गते धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सामान्य परिवारमा रानाको जन्म भएको हो । करीब १७ वर्षदेखि नेकपा एमालेको सक्रिय राजनीति र विभिन्न संघसस्थामा आवद्ध भएर काम गरेको अनुुभव उनीसँग छ ।

२०६२ सालमा धनगढी गाउँको वडा कमिटि सदस्यबाट एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेकी राना २०६३ सालमा नगर कमिटिको सदस्य भइन् । २०६३ सालमै उनले अखिल नेपाल त्यसपछि निरन्तर सक्रिय राजनीति गर्दै आएकी उनी २०७७ सालमा एमालेको धनगढी नगर कमिटि उपाध्यक्ष भएर पार्टी हाकिसकेकी छन् ।

अहिले उनी अखिल नेपाल महिला संघ कैलालीको जिल्ला कमिटि सहसचिवका रुपमा पनि काम गरिरहेकी छन् भने गत पुषमा सम्पन्न भएको अधिवेशनबाट जिल्ला कमिटि सदस्यमा पनि निर्वाचित भएकी छन् ।

यति मात्र होइन राना नेपाल भारत मैत्री संघको जिल्ला सदस्य, लोकतान्त्रिक आदीवासी जनवर्गीय संगठनको केन्द्रीय सदस्य, आदीवासी जनजाती महिला संघको उपाध्यक्ष, नेपाल रानाथारु समाजको केन्द्रीय कोषाध्यक्ष पदमा बसेर काम गरेकअनुुभव पनि उनीसँग छ ।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा पनि काम गरेर अनुुभव बटुुलिसकेकी छन् । रानासँग करीब ४ शिक्षण गरेको अनुभव पनि छ । रानाथारु समुुदाय त्यसमा पनि महिलाको तर्फबाट प्रतिनिधित्व गर्दैै उपमेयरकी उम्मेदवार बनेकी कन्दकला राना अहिले घरदैलो अभियानमा व्यस्त छिन् ।

मतदाताहरुसँगको भेटघाटका क्रममा उनको एउटै अनुरोध छ, ‘मलाई जिताएर पठाउनुुस, अहिलेसम्मको कार्य अनुुभव तपाईहरुको सेवामा लगाउनेछु ।’ रानाथारु समुुदायमा चिरपरिचित उनी पछाडी परेको समुुदायको विकास र उनीहरुलाई राज्यका हरेक काममा सरिक गराउन प्रतिबद्ध रहेको बताउँछिन् ।

‘मेरो उम्मेदवारी धनगढी उपमहानगरपालिकाको समग्र विकासका लागि हो । यहाँका बालबालिका, महिला दिदीबहिनी र युवाहरुको क्षमता विकास, अधिकार संरक्षण तथा प्रवद्र्धन गर्ने, दलित, जनजाती लगायतका विपन्न समुदायको हितका लागि आवश्यक काम गर्न प्रतिबद्ध छु,’ रानाले भनाई छ ।

उनले आफू समान्य परिवारमा हुुर्किएको छोरी, बुुहारी भएको बताउँदै एक पटक सेवा गर्ने मौका दिन आग्रह गरेकी छन् । राना स्वभावले सालीन एवंम् भद्र छिन् ।