कैलारी,२ फागुन । दलित महिला अधिकार मंच नेपालको आयोजनामा कुखुरापालन सम्वन्धि २ दिने तालिम कैलारी गाउँपालिकाको हसुलियामा सम्पन्न भएको छ ।
डि.सि.ए.को सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्तरगत उक्त तालिम आयोजना गरिएको हो । समूहमा आवद्ध महिलाहरुलाई कुखुरापालन सम्बन्धि प्राबिधिक ज्ञान सिपको विकास गरि उनीहरुको जिविकोपार्जनमा टेवा पुर्याउने उद्घेश्यले उक्त तालिम आयोजना गरिएको संस्थाका राजेन्द्र रैकाले जानकारी दिनुभयो ।
२ दिने उक्त तालिममा कैलारी गाउँपालिकाका पशु विकास शाखा प्रमुख सूर्य प्रसाद चौधरीले सहजीकरण गर्नुभएको थियोे । तालिममा कैलारी गाउँपालिकाका ४० जना दलित एंव सिमान्तकृत समुदायका सहभागीता रहेको थियोे