दिनेश राना/धनगढी,३ पुस ।
कैलालीको धनगढी उपमहानगर पालिका वडा नं.७ स्थित मनेहरा सामुदायिक वन उपभोक्ता समुहकाको १३औँ बार्षिक सधारण सभा शनिवारको दिन बिबिध कार्यक्रम गरी सम्पन्न भएको छ ।

कार्यक्रम सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मोति रानाथारुको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभाका सभामुख माननिय अर्जुन बहादुर थापा रहनु भएको थियो । वहाँले गमलामा रहेको सालको बोटमा पानीहालेर कार्यक्रमको औपचारीक रुपमा उदघाटन गर्नु भयो ।

वहाँले “ हाम्रो देश जल र जमिनमा सम्पन्न राष्ट्र भएर पनि यसको संरक्षणमा हामी चुकेका छौ । वन संवन्धमा २०७८।१।७ गते वन सम्बन्धि विधेक ल्याइ त्यसको ऐन पनि बनाइसकेका छौ । उक्त वन ऐनमा मुख्य दुई कुरामा बढी ध्यान दिएका छौ जसमध्ये सामुदायिक वनले पर्यटकहरुलाई आकर्षक गर्न सकिने छ , सामुदायिक वनलाई औद्योगिक क्षेत्र वढाई रोजगारी दिनसकिने छ । यसको लागि सामुदायिक वनले त्यो ऐनमा टेकेर आप्नो हिसाबले योजना बनाई सामुदायमा आयरोजगार बढाउन सकिने छ ।”,

कार्यक्रमका विशिष्ट अतिथि धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष सिताराम राना, शिवनगर खानेपानीका अध्यक्ष राजेश कुमार खाती रहनुभएको थियो भने कार्यक्रममा शुभकामना दिन देवहारिया सामुदायिक वनका अध्यक्ष शारदा प्रसाद राना,मिलन सामुदायिक वन उपभोक्ता समुह वेलीका अध्यक्ष खालौल, सरस्वती मा.वि.का प्र.अ ज्ञानेन्द्र बहादुर शाह,लगायतले मनतव्य दिनुभएको थियो ।

आ.व. २०७७।७८को आम्दानि खर्च समुहका कार्यलय सचिब लोकेन्द्र जंग ठकुल्लाले रु २४ लाख ११ हजार ८४८ बराबरको आयव्याय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन समुह सचिब धर्मा पाण्डेले गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गएिको थियो , सम्मान पाउनेहरुमा सरस्वती मा.वि.का शिक्षक, विद्यालयमा अध्ययनरत प्रथम छात्रछात्रा , खेलाडी र स्वास्थ्यकर्मीहरुलाई दोसल्ला सहित सम्मानपत्र प्रदान गरिएको थियो ।







