एम. वि. राना, लालझाडी,१८ मंसिर।

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ६स्थित आधारभुत स्वास्थ्य चौकीमा पुर्व खानेपानी मन्त्री विना मगरले एम्बुलेन्स हस्तान्तरण गर्नु भएको छ । मन्त्री मगरले एक कार्यक्रमका विच एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो ।

वहाँ कार्यक्रमको प्रमुख अतिथी पनि हो । मन्त्री मगरकै पहलमा वहाँको संघिय संसद विकास कोषको रकमबाट एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरिएको हो । लालझाडी गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष फुलराम चौधरीको सभापतित्वमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

विशिष्ट अतिथीमा लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन वडयक रहनु भएको थियो । स्वागत मन्तव्य रामेश्वर माध्यमिक विद्यालयका प्र.अ. रामप्रसाद जोशीले गर्नुभएको थियो भने संचालन साेहि विद्यालयका शिक्षक लक्ष्मीराज उपाध्यायले गर्नु भएको हो ।