धनगढी,११ मंसिर। कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरिया गाउँ स्थित दाइजो कृषि सहकारी संस्था लिको १०औ वार्षिक सधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रकिरण रानाको अध्यक्षतामा सम्पन्न भएको हो । अध्यक्ष रानाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी सुदुर प्रदेश भौतिक पुर्वधार विकास मन्त्री दिर्घ बहादुर सोडारी रहनु भएको थियो । वहाँले सहकारीको माध्यम बाट किसानहरुलाई सहयोग गर्ने बताए । अहिले सरकारले सहकारीहरुका माध्यमबाट किसानहरुलाई एकिकृत खेती , उन्नत विउविजन तथा मुख्यमन्त्री कार्यक्रम मार्फत सहयोग गर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथी धनगढी उपमहानगर पालिकाका सहकारी शाखाका प्रमुख हरिसिह साँवद रहनु भएको थियो । अतिथीमा देवहरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शारदा प्रसाद राना, शिव नगर खानेपानीका उषध्यक्ष दामोदर शाहु रहनु भएको थियो । आ.व. २०७७।०७८ सालको आर्थिक प्रतिवेद लेखा समितिका संयोजक पुरन रानाले रु ४ करोड १७ लाख ५४ हजार नौ सय वयान्नवे बराको आयव्याय प्रस्तुत गर्नु भएको थियो । संस्थाका व्यवस्थापक बासुदेव रानाले अगामी आर्थिक वर्ष २०७८।०७९ को अनुमाति कार्यक्रम रु ५ करोड ९५ लाख ३० हजार चार सयको प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मान पाउने शेयर सदस्यहरुमा पार्वती चौधरी, लाल बहादुर राना , कृष्णकुमार राना, सिट्ठु राना, सर्जृ राना , सिया राम राना, चैता राना, बसन्तो देवी राना,कल्पना देवी राना,भजन राना,जयलाल राना,पृथ्वी राना,रामबाबु राना,सविता राना,विशाल राना, जगता राना, भागरती राना, दमोदर शाहु , पशुपतिशिक्षा मन्दिर ।
संस्थाको नयाँ कार्य समितिमा तपसिलका पदाध्यकारीहरु निविरोध वनिर्वाचित भएका छन ।

अध्यक्षमा–मानबहादुर राना,उपाध्यक्ष– कौसिल्या राना, सचिब – दिपक राज जोशि,सदस्य – कालीराम राना, रामऔतार राना , भागी राम राना, सरिता चौधरी,सिता राम राना, लालमति राना, भगिरथ राना लेखा समिती संयोजक – नन्दगोपाल राना, सदस्य– मनिसा राना र निर्माला चौधरी ं(राना) ।








