धनगढी,१५ कातिक । कैलालीको धनगढी नगर पालिका वडा नं. ७ स्थित देवहरिया सामुदायिक वन उपभोक्ता समुहको १८औँ बार्षिक सधारण सभा तथा ९औ अधिवेशन सम्पन्न गरेको छ ।

उक्त अधिवेशनबाट शारदा प्रसाद रानाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । वहाँ यस देवहरिया सामुदायिक वन उपभोक्ता समुहको कार्यालाय सचिबमा काम गर्दै आइरहनु भएको थियो । वहाँले एक वर्ष पहिले सो पदबाट राजिनाम दिनुभएको हो ।
यस सामुदायिक वनको अध्यक्षमा तपाइको उमेदवारी किन ? भन्ने प्रश्नको जवाफमा वहाँले भन्नु भयो मैले लामो अवधि सम्म यस वनको कार्यालय सचिब भएर काम करेको छु । विगतमा निर्माण भएका कार्यसमिति भन्दा अहिले बन्नेको समितीका पदाध्यकारीहरुको नेतृत्व गर्ने क्षेमता मैले देखिन दुईचार जनाको निर्णयमा समुह चलनु भनेको मलाइ गलत लाग्यो समुहमा सबैलाई मिलाएर लैजाने ठाउमा त्यसो नभएको मैले महसुस गरे र म संग लामो समय सम्म काम गरेको अनुभव पनि रहेकोले मैले अध्यक्ष पदमा आप्नो उमेदवारी दिएँ बताए ।

वहाँ लगायत नव निर्वाचित कार्यसमितीकोउपाध्यक्षमा जगत राना,सचिब संगिना जागरी, कोषाध्यक्ष भागिराम चौधरी, सहसचिब धन वहादुर शाह, टोल सदस्यहरुमा जयराज जोशी,रेस्मा चौधरी,तुलिया चौधरी,भागिराम चौधरी,राचना चन्द,कमला शाहु,गंगाधर जोशी, भौमी चौधरी, रामचन्द्र राना, मानबहादुर राना, सुनिता धिमिरे र लक्ष्मी गिरी रहेका छन ।

वहाँहरुलाई आजै निर्वाचन समिति संयोजक श्री सरस्वती माध्यमिक विद्यालयका प्र.अ. तथा सल्लहकार ज्ञानेन्द्र बहादुर शाले पद तथा गोपनियताको सफथग्रहण गराउनु भएको थियो । सपथग्रहण कार्यक्रममा धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष सिताराम राना,समुहका पुर्व अध्यक्ष देवबहादुर सेठी, भजन रानाले नव निर्वाचित सदस्यहरुलाई शुभकामना दिनुभएको थियो ।







