कञ्चनपुरको उखुबारीमा चितलको बच्चा, सब डिभिजनमा बुझाउने तयारी

२०७७ असार १५, सोमबार २२:२७
कञ्चनपुरको उखुबारीमा चितलको बच्चा, सब डिभिजनमा बुझाउने तयारी

नरेश राना /लालझाडि, १५ असाड ।
कञ्चनपुर जिल्लाको लालझाडि गाउपालिका वडा नं. ४ जाई स्थित श्री कञ्चन समुदायिक वन उपभोक्ता समुह को जंगल भित्रबाट आज विहान गाउको उखुबारीमा चितलको बच्चा फेला परेको हो उक्त चितलको बच्चालाई भोली विहान लालझाडि सबडिभिजन लाई बुझाउने कञ्चन समुदायिक वनका अध्यक्ष जगन्नाथ रानाले जानकारी दिनुभयो । उक्त चितलको बच्चा लाई कञ्चन समुदायिक वनको स्टोर रुममा राखीएको छ ।