खटिमा । अन्तराष्ट्रिय रानाथारु समाजको बैठक सावन १० गते राणा थारु परिषदका अध्यक्ष दान सिंह रानाको अध्यक्षतामा राणा थारु परिषदको थारु विकास भवन खटिमा सम्पन्न भयो । कार्यक्रममा अन्तराष्ट्रिय समाजका उपाध्यक्ष पदम राना,ओमप्रकाश राना, महासचिब राजकुमार राना, सदस्य डा देव सिंह राना, मनोज राना, राजेश राना, भक्तराज राना, बासमति राना, लगायत नेपाल भारत लखिमपुरखिरी, खटिमा सितारगंजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको एजेन्डा प्रस्तुत गर्दै उपाध्यक्ष पदम रानाले वैठको कार्यवाहि शुरु भएको जानकारी गराउनु भएको थियो । मिति २०८० चैत १२ गते पार्वति मन्डप खटिमा मा विधिवत रुपमा यस संस्थाको गठन भएको थियो । गठन हुदाका वखत यस संस्थालाई ३ कलस्टर ( नेपाल क्षेत्र, लखिमपुर युपि र खटिमा युके) मा वाडिएको थियो जसमा १५ सदसिया पदाधिकारी रहने छ । यस संस्थाको कार्यकाल २ वर्षको रहने भनेर उल्लेख गरिको थियो । अन्तराष्ट्रिय रानाथारु समाजले कुनै क्षेत्रमा कार्यक्रम गर्दा सोहि क्षेत्रमा अवद्ध रहेका संस्थाहरुको आयोजनामा यो अन्तराष्ट्रिय रानाथारु समाजले कार्यक्रम गरिनेछ । यो संस्था केवल रानाथारु भाषा, सहित्य, संस्कृति, आर्थिक, नेपाल भारत विचको रोटीवेटीको सम्वन्ध स्थापित गराउने उद्देश्य लिएको छ । यस संस्था विस्तारै भारत लगायत अन्य देशमा पनि यसको शाखा विस्तार गरिने भन्ने कुरा उल्लेख गरिएको थियो ।


अन्तराष्ट्रिय रानाथारु समाजका अध्यक्ष स्वा डिल्लु राना र सदस्य स्व मलकित राना दुवै जनालाई २०८२।१०।२२गते पियपदार्थमा विष मिसाएर हत्या गरिएको थियो । हत्या पछि ति दुवै पद रिक्त रहेको आवस्थामा अन्तराष्ट्रिय रानाथारु समाजले आफ्नो क्रियाकलाप गर्न सकिरहेको थिएन । समाज सोकाकुल रहेको आवस्थामा राणा थारु युवा मञ्चका पुर्व अध्यक्ष राजविर रानाको प्रयासले पुनः समाजको बैठक वसी नया नेतृत्व चयन गरिएको छ ।
अध्यक्ष पदम राना नेपाल, उपाध्यक्ष ओमप्रकाश राना लखिमपुर खिरी , देव सिह राणा खटिमा, महासचिव रमेश सिह राणा खटिमा, कोषाध्यक्ष बासमति राना नेपाल, सहकोषाध्यक्ष रामचन्द्र राना लखिमपुर युपि, रामकिसोर राना युके, सहसचिव पुनम राना खटिमा, भक्तराज राना नेपाल, शिवराम राना लखिमपुरखिरी र सदस्यमा जगत सिह राना, लक्ष्मण राना, राजेश राना, नन्दलाल राना सर्वसम्तले चयन गरिएको थियो ।

सेयर कर दियो ।