लालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिकामा भोलि स्थानीय बिदा दिइएको छ । हरेक वर्ष गंगा दशहराको अवसरमा लालझाडी गाउँपालिकाले बिदा दिँदै आएको छ ।

गंगा दशहरामा लालझाडी गाउँपालिका वडा नं २ मा मेला लाग्ने भएका कारण गाउँपालिका ले भोलि पनि बिदा दिइएको सूचनामार्फत जानकारी दिइएको छ ।
लालझाडी क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने उद्देश्य भएकोले यसको महत्वलाई समेत दृष्टिगत गरी उक्त पर्व मनाउन हरेक वर्ष गंगा दशहरामा एकदिन लालझाडी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एवम् संघ संस्थाहरुलाई स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएकोले यसवर्ष १२ गते गंगादशहरा पर्व परेकोले उक्त दिन स्थानीय सार्वजनिक बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गाउँपालिका का अध्यक्ष निर्मल राना द्वारा जारी सूचनामा भनिएको छ ।







