धनगढी । पाठेघर र डिम्बाशयको क्यान्सर जस्ता महिला स्वास्थ्यका गम्भीर समस्याहरू भएका बिरामीहरूका लागि धनगढीमा निःशुल्क उच्चस्तरीय विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ । मेदान्ता अस्पताल दिल्लीका पूर्व क्यान्सर विशेषज्ञ तथा रोबोटिक सर्जन डा. विरेन्द्र भगत जेठ १० गते आइतबार धनगढीको संजीवनी अस्पतालआउन लाग्नुभएको हो ।  बिहान ७ बजेदेखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा प्रदान गर्नुहुनेछ ।

कुन बिरामीहरूले सेवा लिन सक्छन् ?

पाठेघर र डिम्बाशयको क्यान्सरका लक्षण देखिएका (योनिबाट अनावश्यक पानी वा रगत बग्ने, ट्युमर, मासु पलाएको आदि)

JEKH MLB पोजिटिभ भएका

पाठेघरको पानी जाँच (fluid test) मा समस्या देखिएका

पहिले क्यान्सर भएको इतिहास भएका

स्त्रीरोग सम्बन्धी कुनै पनि समस्या भएका सबै महिलाहरू

डा. विरेन्द्र भगतले नेपालका विभिन्न शहरहरूमा नियमित रूपमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएको छ । रोबोटिक सर्जरी र क्यान्सर उपचारमा उहाँको विशेष दक्षता रहेको छ । यो महत्वपूर्ण अवसरलाई सदुपयोग गर्दै आफू तथा परिवारका महिलाहरूको स्वास्थ्य जाँच गराउनुहोस् ।  अग्रिम नाम दर्ता गराउनु प्रर्नेछ ।