धनगढी । सुदूरपश्चिमको राजधानी धगगढीमा प्रदूषण बढेको छ । 

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरका अनुसार नेपालमा प्रदूषित शहरको सूचीमा धनगढी आज पहिलो नम्बरमा परेको हो । 

उक्त संस्थाका अनुसार बिहीबार बिहान धनगढीको वायु गुणस्तर सूचकांक (एक्यूआई) ५२७ अंक पुगेको छ । यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तह हो । 

यस्तै दोस्रोमा वीरेन्द्रनगर छ भने तेस्रोमा काठमाडौं छ । 

वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या हुनुका साथै आँखा पोल्ने, टाउको दुख्ने जस्ता समस्या बढ्ने खतरा उच्च हुन्छ । विज्ञहरूले अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र बालबालिका, वृद्ध तथा दीर्घरोगीलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।