अमेरिका र इरान बीच भएको १४ दिने युद्धविरामका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । दुई देशबीचको तनाव कम भई स्ट्रेट अफ हर्मुज पुनः खुला हुने संकेतसँगै ब्रेन्ट क्रुडको मूल्य १३ प्रतिशतले घटेर प्रतिब्यारेल ९५.२० डलर कायम भएको छ ।

​त्यस्तै, अमेरिकी कच्चा तेल (WTI) को मूल्यमा पनि १५.५ प्रतिशतको भारी गिरावट आई प्रतिब्यारेल ९६.५७ डलरमा झरेको छ । यो गिरावट सन् २०२२ यताकै सबैभन्दा ठूलो साप्ताहिक र कोभिड महामारीपछिको सबैभन्दा ठूलो एकदिने गिरावट हो । यसले विश्व अर्थतन्त्रमा बढ्दो मुद्रास्फीतिको चापलाई केही कम गर्ने अपेक्षा गरिएको छ ।