धनगढीः नेकपा एमालेले समानुपातिक तर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ।शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।सिफारिस गरिएका सांसदमा विभिन्न जात, समुदाय र लिङ्गका प्रतिनिधिहरू छन्। जसमा थारु समूहबाट सुदूरपश्चिम प्रदेशका कृपाराम राना पुरुष प्रतिनिधि चयन भएका छन्।
त्यसैगरी, जनजाति समूहमा महिलाबाट भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ चयन भए भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य परेका छन्। खस–आर्य महिलाबाट पद्मा अर्याल, पिछडिएको क्षेत्रबाट टुकाभद्रा हमाल र एशुदा कुमारी बराल रहेका छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल छन्। दलित महिलाबाट विष्णुमाया वी.के. र नीता घटानी सिफारिस भएका छन्।मधेसी समूहमा महिलाबाट रिङ्ला यादव र यशोधा कुमारी यादव चयन भएका छन् भने पुरुषतर्फ चन्द्रेश्वर मण्डल परेका छन्। मुस्लिम महिलाबाट साजिदा सिद्दीकी सिफारिस भएकी छन्।
नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसद चयन गरेको छ सबैलाई हार्दिक बधाई छ ।
जनजाति (४ जना)
महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ
पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• यशाेदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
• गुरु प्रसाद बराल
• पुष्पराज कंडेल
थारु (१ जना)
• कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
• विष्णुमाया वी.के.
• निता घतानी
मधेसी (३ जना) महिला
महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव
पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
• साजिदा सिद्दीकी








