कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

जिल्लाको वेदकोट नगरपालिका-७ लालपुर चोकस्थित पूर्व-पश्चिम राजमार्गमा आज (२०८२ फागुन २८ गते) दिउँसो करिब १ बजे दुर्घटना भएको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से.१च.१४०५ नम्बरको सामान बोक्ने बोलेरो जिप र विपरित दिशाबाट आउँदै गरेको म.२ प.३५०६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बोलेरो जिप पुनर्वास नगरपालिका-११ डोकेबजारका अन्दाजी २२ वर्षीय सुनिल चौधरीले चलाएका थिए। दुर्घटनापछि प्रहरी चौकी सुडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो भने जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी परिचालन गरिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र पछाडि सवारलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको थियो। तर अस्पतालमा उपचारका क्रममा चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१ बाराकुण्डा धरमपुरका करिब ४० वर्षीय मोटरसाइकल चालक राम लुहार र सोही स्थान शान्तिटोल बस्ने करिब ४०/४२ वर्षीय दानसिंह धामी रहेको प्रहरीले जनाएको छ।

दुवै जनाको शव हाल महाकाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल, बोलेरो जिप तथा जिप चालक प्रहरी नियन्त्रणमा रहेका छन्। घटनापछि राजमार्गमा यातायात अवरोध नभएको प्रहरीले जनाएको